Aadarsh-Daily

वीरगंजमा क्रियाशिल पत्रकार मञ्चद्वारा वृहत रक्तदान, १०१ जनाले गरे रक्तदान

ad-4p
content left

वीरगंज,असार ४
क्रियाशिल युवा पत्रकार मञ्च नेपालको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको सहयोगमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ५ महिला सहित १०१ जनाले रक्तदान गरेका छन । वीरगंजको घण्टाघरमा आयोजित रक्तदान कार्यक्रममा प्रिति त्रिपाठी, सुनिता पाण्डे, राकेश साह, आनन्द पटेल उपेन्द्र बरैई, दिपेश ठाकुर लगायतकाले रक्तदान गरेको संस्थाका उपाध्यक्ष आनन्द पटेलले जानकारी दिए । कार्यक्रम संयोजक निलम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, शिक्षाविद डा.दिपक शाक्य, राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीका संयोजक नन्दकिसोर गोयल, लोपसाका युवा नेता ओमप्रकाश सर्राफ, युवा नेता दिलिपराज कार्की, समाजसेवी मुन्ना सर्राफ, संस्थाका अध्यक्ष प्रणय कुमार साह, कोषाध्यक्ष उपेन्द्र बरैई, प्रिया चौधरी लगायतकाको सहभागिता थियो ।

content ad p2

सम्बन्धित खबर

पर्सा–१ मा कडा प्रतिस्पर्धाः एमालेका प्रदीप यादव अगाडि, कांग्रेस र रास्वपा ग्राफ घट्दै

Aadarsh Daily

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily