Aadarsh-Daily

त्रिजुद्ध मावि, श्रीपुर विद्यापिठसहित १३ वटा सामुदायिक विद्यालय कालो सूचीमा

ad-4p

वीरगञ्जका १३ वटा सामूदायिक विद्यालय कालो सूचीमा परेका छन् ।

content ad p2

एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आईईएमआईएस) अद्यावधिक गर्न पटक पटक ताकेता गर्दा पनि अटेर गरेकाले यहाँ सञ्चालित १३ वटा सामूदायिक विद्यालयलाई कालो सूचीमा राखिएको वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

content left

विद्यालय तहको सूचना तथा तथ्यांकलाई व्यवस्थित गर्न यो प्रणाली लागु गरिएको भएपनि त्यसलाई कार्यान्वयन नगर्ने विद्यालय कालो सूचीमा परेका हुन् ।

कालो सूचीमा पर्नेमा त्रिजुद्ध मा.वि, विद्यापिठ मा.वि, विश्वहिन्दु संस्कृति आधारभुत विद्यालय विद्यापीठ, सिन्दुरियामाई आधारभुत विद्यालय लक्ष्मणवा, मकतव इनर्वा, अपौनी, परवानीपुर, मनियारी, प्रसोतिपुरमा सञ्चालित आधारभुत विद्यालय रहेका छन् ।

यस्तै आदर्श बालविकास आधारभुत विद्यालय बेल्वा, मदर्सा इस्लामिया आधारभुत विद्यालय सुगौलिविर्ता, नेपाल रेडक्रस आधारभुत विद्यालय लक्ष्मीपुर वेल्वा, रामजानकी आधारभुत विद्यालय रामगढवा गरि ११ वटा विद्यालय कालो सूचीमा परेका हुन् ।

कालो सूचीमा परेका विद्यालय अहिले प्राप्त भएको कुनै पनि सुविधा, निकासा तथा अनुदानबाट बञ्चित हुने महानगरले जारी गरेको सूचनामार्फत चेतावनी दिइएको छ । प्रधानाध्यापकका कारण नै यस्तो अवस्था आएको भन्दै विद्यालयले प्राप्त गरिरहेको सुविधा कटौती भए स्वयं उनीहरु नै जिम्मेवार हुने सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily