Aadarsh-Daily

गण्डक देखि वीरगन्जको मेनरोड हदै मितेरीपुल सम्म रोड फराकिलो हुने : मन्त्री राई

ad-4p

वीरगञ्ज २८ साउन । गण्डक देखि मितेरी पुल सम्मको मेनरोडको २५-२५ गज जग्गाको अतिक्रम हटाएर बाटो बन्ने भएको छ ।

content ad p2
content left

त्रिभुवन राजपथ अन्तर्गत पर्ने मितेरी पुल देखि गण्डक सम्म साढे २२ मिटर दायाँ र साढे २२ मिटर बायाँ (२५-२५ गज) सडक अतिक्रम हटाउन एक साता भित्र सूचना प्रकाशन गरीने भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइले सडक विभागका महानिर्देशक अर्जुन जङ्ग थापा लाई निर्देशन दिनु भएको छ ।

सर्वोच्च अदालतले २५ गज अर्थात ७५ फिट सडक विभागको क्षेत्रमा पर्ने आदेश गरीसकेको मन्त्री राइले बताउनुभयो । अतिक्रमण हटाउन एक सात भित्र सूचना प्रकाशन गरि नयाँ रोड निर्माणको कार्य अधि बढाउन सडक विभागका महानिर्देशक थापालाई निर्देशन समेत दिनु भएको छ ।
वीरगञ्जलाई ग्रामीण भेगसंग जोडने तिलावे पुलको उद्धाटन गर्न पुगेका मन्त्री राइले मन्तव्य राख्नेबेला त्रिभुवन राजपथ अन्तर्गत पर्ने मितेरी पुल देखि गण्डक सम्मको सडकको अतिक्रमण हटाइने बताए ।

वीरगञ्ज पथलैयाको सडक अन्तर्गत पथलैया देखि परवानीपुर ६ लेन र परवानीपुर देखि गण्डक सम्म ४ लेन सडक बनिसकेको छ ।

सम्बन्धित खबर

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily

पर्सा–२ को चुनावी मैदानमा रिमा यादव र अजय चौरसियाबीच कडा भिडन्त

Aadarsh Daily