Aadarsh-Daily

जगरनाथपुरको वडा नम्बर २ र ३ मा वडा इकाई कमिटि गठन, ३०५ जना माओवादी केन्द्रमा प्रवेश

ad-4p
content left

वीरगन्ज, १ भदौ । नेकपा (माओवादी केन्द्र) जगरनाथपुर गाउँपालिका वडा नं.–२ दसौतामा पार्टी प्रवेश तथा वडा इकाई कमिटी गठन भएको छ । कार्यक्रममा जसपा पार्टी परित्याग गरि सम्पूर्ण वडा समितिका १०५ जना नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी प्रवेशपछि छोटेलाल महतो केवटको अध्यक्षतामा ३१ सदस्यीय वडा इकाइ कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्रका मधेस प्रदेश समिति सदस्य सलाउद्दीन अहमदले जानकारी दिनुभयो । त्यस्तै वडा नम्बर–३ मा अमिरुल हसनको अध्यक्षतामा ५७ सदस्यीय वडा नं.–३ को वडा कमिटी गठन गरिएको छ । वडा नम्बर–३ मा जसपा परित्याग गरि २०० जना नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छ्न् । कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रिय सदस्य बिरेन्द्र प्रसाद यादव बिशिष्ट अतिथि केन्द्रीय सदस्य टेक बहादुर शाक्य, प्रदेश सदस्य सलाउद्दीन अहमद, स्थानीय नेता कृष्णमोहन प्रसाद यादवको विशेष उपस्थितिमा पार्टी प्रवेश तथा इकाई कमिटि गठन गरिएको हो । कार्यक्रममा बोल्दै नेताहरुले वर्तमान परिवेशमा नेकपा माओवादी केन्द्र बाहेक अरु पार्टीले देशको विकास गर्न नसक्ने बताएका छन् । नेकपा माओवादी केन्द्रले बर्षौदेखिको उत्पीडत गरिब, सीमान्तकृत, पिछडिएका समुदायलाई राजनीतिक चेतना स्तरको विकास गरेकै कारण अहिले सबैमा राजनीतिक चेतनाको विकास भएको तर मधेस आन्दोलनपछि मधेसमा मधेसी दलहरुमा राजनीतिक अराजकता बढेको बताए ।

content ad p2

सम्बन्धित खबर

पर्सा–१ मा कडा प्रतिस्पर्धाः एमालेका प्रदीप यादव अगाडि, कांग्रेस र रास्वपा ग्राफ घट्दै

Aadarsh Daily

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily