Aadarsh-Daily

जिराभवानी गाउँपालिकाका जनप्रतिनिधिलाई भूमि आयोग बारे अभिमुखीकरण

ad-4p

वीरगञ्ज, २९ भदौ । पर्साको जिराभवानी गाउँपालिकामा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा गाउँपालिकाका जनप्रतिनिधीहरुलाई अभिमुखीकरण दिइएको हो ।

content ad p2
content left

‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले अभिमुखीकरणको आयोजना गरेको आयोगका अध्यक्ष अहमदले बताए ।

भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र आयोगका बिज्ञ सदस्य हिमाल चन्द गौतमले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
सोही अवसरमा भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती गठन गर्ने निर्णय पनि गरिएको छ । आयोगका अध्यक्ष अहमदका अनुसार पालिकामा राष्ट्रिय भूमिहिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

वडामा सहजीकरण समिती र पालिकामा सेवा केन्द्र स्थापना गर्न गाउँपालिका अध्यक्ष अनोज चौधरीले प्रतिबद्धता जनाएका छन् । साथै सामाजिक कार्यमा पुर्ण रुपमा गाउँपालिकाबाट हुने सहयोगका लागि पछि नपर्ने पनि उनको भनाई छ ।
अभिमुखीकरणमा गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, सम्पुर्ण वडाका वडाअध्यक्षहरु, सदस्य र कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

पर्सा–१ मा कडा प्रतिस्पर्धाः एमालेका प्रदीप यादव अगाडि, कांग्रेस र रास्वपा ग्राफ घट्दै

Aadarsh Daily

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily