

वीरगन्ज । पर्सा जिल्लाकाे सखुवा प्रसौनी गाउँपालिकाकाे कार्यालयमा राष्ट्रिय बाल दिवसको अवसरमा बालमैत्री समाजको आधार : जिम्मेवार परिवार ,उत्तरदायी सरकार भने मूल नाराका साथ एक दिने बालबालिकाको नेतृत्वमा गाउँपालिका अध्यक्ष यसवन्त यादवले अर्जुन साहलाई गाउँपालिका अध्यक्ष बनाएका छन् । सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यादवको सहजीकरणमा जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्सा एवं गाउँपालिका बाल क्लब संजालका अध्यक्ष अर्जुन शाहले गाउँपालिका अध्यक्षकाे कार्यभार सम्हालेका छन् । गाउँपालिका अध्यक्ष यादवले खाँदा लगाई स्वागत गरेका थिए भने गाउँपालिका उपाध्यक्ष शर्मिला विष्ट महतोले टीका लगाएका थिइन् । त्यसपश्चात गाउँपालिका अध्यक्ष अर्जुन शाहले गाउँपालिका रहेका विद्यालय,स्वास्थ्य चौकी,निर्माणधिन भवन र सार्वजनिक पोखरी लगायतका अनुगमन गरी प्रतिवेदन गाउँपालिका अध्यक्ष यादवलाई हस्तान्तरण गरेका थिए । अनुगमन गर्ने क्रममा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा पुस्तकालय,प्रोगात्मक प्रोयोगशाला,शिक्षक दरबन्दी र बाल मैत्री स्थानिय शासन घोषणा गर्न निमित्त सक्रियताकाे साथमा काम अगाडि बढाएर चाँडै बाल मैत्री स्थानिय शासन गाउँपालिका घोषणा गर्ने निर्णय गरेका हुन्। कार्यक्रममा वाड अध्यक्ष मोजाईल अन्सारी, निवर्तमान वाड सदस्य धर्म राज साह,स्वास्थ्य शाखा प्रमुख राजेश,मुकेश साह रौनियार,चन्दन सहनी,हरिन्द्र साह , माधव साह लगायतको उपस्थिति रहेको थियो ।

