
वीरगञ्ज, ४ पुष । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नवनिर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुलाई सम्मान गरेको छ ।

बबरमहलस्थित लोसपाको पार्टी कार्यालयमै आयोजिक एक कार्यक्रमका बिच लोसपाले ४ जना प्रतिनिधि सभा र ९ जना प्रदेश सभालाई सम्मान गरेको हो ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले ४ जना प्रतिनिधि सभा सदस्यसहित मधेश ९ जना प्रदेश सभा सदस्यलाई बधाई ज्ञापन गर्दै सम्मान गरे ।
मधेश प्रदेशका प्रदेश सभा सदस्य जितेन्द्र सोनलसहित अन्य प्रदेश सभा सदस्यलाई पनि पार्टी अध्यक्ष ठाकुरले दोसल्ला ओढाउँदै बधाई तथा शुभकामना दिएका हुन् ।

