Aadarsh-Daily

मधेश प्रदेशमा छुट्टाछुट्टै स्थानमा मोटरसाइकल दुर्घटनामा तिन जनाको मृत्यु

ad-4p

वीरगञ्ज, ७ पुष । धनुषा र सिरहामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजना युवाको मृत्यु भएको छ ।

content ad p2

धनुषामा विंङ्गर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ५ धवौली निवासी २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डल रहेको धनुषा प्रहरीले जनाएको छ ।

content left

बुधबार साँझ ७ बजेको समयमा धनुषाको बिरेन्द्रबजार महिनाथपुर सडकखण्डको सवैला नगरपालिका वडा नम्बर १० सिमरारी र शहिदनगर नगरपालिकाको हौवाहीको बीच खण्डमा ना. ५ ज ८४४० नम्बरको विंङ्गर र ज ११ प ५४७३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुबै मृतक मोटरसाइकलमा सवार थिए । एक युवकको घटनास्थलमै र अर्काको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । दुबैजनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना षियमा थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए ।

यस्तै मिर्चैयामा बुधबार राति मोटरसाइकशल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिर्चैया नगरपालिका वडा नम्बर ७ लिखटनेलका ३५ वर्षीय प्रविण तिवारी रहेको प्रहरीले जनाएको छ ।

तिवारीले चलाउँदै गरेको प्रदेश २–०१–००३ प. ६९२२ नम्बरको मोटरसाकल सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ७ स्थित कटारी जाने बाटोमा आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका तिवारीलाई फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 

 

सम्बन्धित खबर

पर्सा–१ मा कडा प्रतिस्पर्धाः एमालेका प्रदीप यादव अगाडि, कांग्रेस र रास्वपा ग्राफ घट्दै

Aadarsh Daily

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily