
वीरगञ्ज, ११ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी हुने तेस्रो ठुलो दल बनेको छ ।
आइतबार ७ दलको समर्थनमा नयाँ सरकार गठन गर्ने सहमती भएसँगै प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।

अब कुन दललाई कुन कुन मन्त्रालय दिने भन्ने टुंगो लाग्न बाकीँ छ । रास्वपा पनि सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।
रास्वपाले उपप्रधानमन्त्रीसहितका मन्त्रालयमा दाबी गरेको बताइएको छ । पार्टीका एक नेताले आफूहरुले उपप्रधानमन्त्रीमा दावी गर्नु स्वभाविक भएको बताएका छन् ।
अब यस पार्टीले पनि कुन मन्त्रालय लिने भन्ने टुंगो लाग्न बाकीँ छ । यसबारे ७ दलको गठबन्धनको बैठकका छलफल हुँदैछ ।

