Aadarsh-Daily

नेपाल वायुसेवा निगमका ३ जना पाइलट निलम्बनमा

ad-4p

नेपाल वायुसेवा निगमका तीनजना पाइलट निलम्बनमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्न दिएको निर्देशनपछि पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरे निलम्बनमा परेका हुन् ।

content ad p2
content left

उनीहरूले गएको शुक्रबार हङकङ विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल (एटीसी)को निर्देशनविपरीत विमान अवतरण गरेपछि कारबाही गर्न निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारी जगणनाथ निरौलाले भने, “शुक्रबार हङकङमा विमानस्थलमा विमान अवतरण गर्ने कक्रमा एटीसीको निर्देशण अटेरी गरेर जोखिमपूर्ण तरिकाले विमान अवरण गरेपछि कारबाही गर्न भनेका हौँ ।”

निगमकी प्रवक्ता अर्चना खड्काले प्राधिकरणले कारबाही गर्न निर्देशन दिएपछि उनीहरू निलम्बनमा परेको जानकारी दिइन् । उनीहरूलाई कारबाही गर्ने÷नगर्ने भन्ने बारेमा थप अध्ययन हुने उनले बताइन् ।

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily