Aadarsh-Daily

आउँदै गरेका प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता खुल्याे

ad-4p

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज जारी गरेको सूचनाअनुसार प्रतिनिधिसभाका लागि मङ्सिर १ गतेदेखि १० गतेसम्म दल दर्ता खुला रहनेछ। त्यस्तै, राष्ट्रियसभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दर्ता अवधि निर्धारण गरिएको छ।

content ad p2
content left

आयोगले प्रतिनिधिसभा चुनावमा दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिह्न लिएर प्रतिष्पर्धा गर्न चाहेमा सोसम्बन्धी जानकारी समेत दर्ता निवेदनसँगै नै बुझाउनुपर्ने जनाएको छ।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्यकाे पूर्तिका लागि माघ ११ गते मतदान तोकिएको छ।

त्यसैगरी, प्रतिनिधिसभा सदस्यकाे निर्वाचन फागुन २१ गते हुने आयोगले जनाएको छ।

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily