Aadarsh-Daily

कर्मचारी अभाव र राजनीतिक तनावबीच प्राङ्गणमै प्रदेशसभा सञ्चालन

ad-4p

मधेस प्रदेशमा जारी राजनीतिक अवरोधबीच उपसभामुख बबिता कुमारी राउतले शनिबार प्रदेशसभा भवनको प्राङ्गणमा बैठक सञ्चालन गरेकी छन्। कर्मचारी अभाव, प्रक्रियागत अवरोध र सत्ता–प्रतिपक्षबीचको तानातानबीच प्राङ्गणमा खुला आकाशमुनि बैठक बस्नु प्रदेश राजनीतिमा अभूतपूर्व घटना बनेको छ।

content ad p2
content left

बैठक नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको प्रस्तावमा बोलाइएको थियो। सभामुख अनुपस्थित, सचिवालय निष्क्रिय र कर्मचारी नआएको अवस्थामा उपसभामुख राउतले विकल्पका रूपमा प्राङ्गण रोजेकी हुन्। बैठक अघि उनले बताइन्, “कर्मचारी नभएको, आवश्यक सहयोग नपाएको र विभिन्न समस्या रहेका कारण बाध्यतावश बाहिरै बैठक सञ्चालन गर्नुपर्‍यो।”

जसपा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले पनि प्रदेशसभा अवरुद्ध नराख्न र खुला ठाउँमै भए पनि बैठक चलाउन आग्रह गरेका थिए। यसअघि सात दलका प्रदेश सांसदहरूले करिब एक घण्टासम्म भवन अगाडिको प्राङ्गणमै विरोधजन्य उपस्थिती जनाएका थिए।

विश्लेषकहरूले यस घटनालाई केवल नाटकिय दृश्य नभई तीन तहका गम्भीर समस्याको संकेत भएको बताउँछन्। सचिवालयको कर्मचारी बैठकमा अनुपस्थित हुनु, सभामुख–उपसभामुख विवाद र मन्त्रिपरिषद् गठनमा उत्पन्न तानातानले संवैधानिक संरचनाको कमजोरी र राजनीतिक अस्थिरता देखाएको विश्लेषकहरूको निष्कर्ष छ।

सम्बन्धित खबर

बहुदरमाई–२ मा रास्वपा उम्मेदवार शुशिल साह कानुको घरदैलो अभियान सम्पन्न

Aadarsh Daily

वीरगन्जका दुई वडाध्यक्ष प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिँदै

Aadarsh Daily

परियार रास्वपा छाडे, छुट्टै राजनैतिक अभियान सुरु गर्ने

Aadarsh Daily