
पर्साका दुई जना महिला प्रतिबन्धित लागुऔषधसहित बारामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरिया नगरपालिका–७ की ३० वर्षीया पूजा देवी र पटेर्वा सुगौली गाउँपालिकाकी ३५ वर्षीया सुसिला देवी रहेको प्रहरीले जनाएको छ।

बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–५, रातोपुल नजिक पथलैयातर्फ पैदल हिँडिरहेकी उनीहरूलाई प्रहरीले शंकास्पद अवस्थामा रोक्दै चेकजाँच गर्दा ४४ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको हो।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक दीपक कुमार बस्तेनको कमान्डमा, लागूऔषध नियन्त्रण ब्यूरो वीरगञ्जको संयुक्त टोलीले दुवैलाई पक्राउ गरेको हो।
बरामद गरिएको लागुऔषधसहित दुवै महिलामाथि आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको बारा प्रहरीले जनाएको छ।

