Aadarsh-Daily

अध्यक्ष ओलीद्वारा वर्तमान सरकारमाथि प्रश्न, संसद पुनर्स्थापनालाई विकल्प घोषणा

ad-4p
content left

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको वैधता र नेतृत्व स्पष्ट नभएको टिप्पणी गरेका छन्।
आइतबार बिहान आफ्नै निवास गुण्डुमा प्रेस चौतारी नेपालको टिमसँग छलफल गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार संविधान र संसदबाट नबनेको भन्दै दल वा जेन–जीबाट पनि नबनेको कारणले यसको अधिकार र प्रतिनिधित्वमा प्रश्न उठ्ने बताएका छन्।
अध्यक्ष ओलीले भने, “यो सरकार कसको प्रतिनिधि हो? जेनजीले मेरो सरकार होइन भन्छ। दलले हाम्रो सरकार होइन भन्छन्। संसदले यसलाई म चिन्दिन भन्छ। संविधानले यस्तो सरकार बनाउने व्यवस्था छैन। आखिर यो सरकार कसको हो?”
ओलीले बेवारिसे सरकारले तोड़फोड र आगलागीमा संलग्नलाई कारबाही नगरेको र दण्डहीनतालाई प्रश्रय दिएको आरोप पनि लगाएका छन्। उनले गृहमन्त्रीले अपराधी पक्राउ नगर्न निर्देशन दिनु देशमा दण्डहीनतालाई बढावा दिनु भएको बताएका छन्।
अध्यक्ष ओलीले मुलुकको वर्तमान अनिश्चयलाई समाधान गर्न संसद पुनर्स्थापना एक मात्र विकल्प रहेको स्पष्ट पारेका छन्।

content ad p2

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily