

मेक्सिकोमा जेन–जी समूहको विरोध चर्किएको छ। हजारौँ युवा प्रदर्शनकारी हिंसा र भ्रष्टाचारको विरोधमा सडकमा उत्रिएका छन्। हिजो मेक्सिको सिटीमा भएको विरोधका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा र लाठी प्रहार गर्नुका साथै सुरक्षा सामग्री र अन्य उपकरणहरू पनि खोसेका छन्। आन्दोलनलाई विपक्षी दलका पुराना समर्थकहरूले समेत समर्थन गरेको खबरमा उल्लेख छ।
झडपका क्रममा प्रहरीले २० जनालाई पक्राउ गरेको छ भने केही घाइतेहरूको उपचार भइरहेको छ।
यो आन्दोलन उरुआपानका मेयर कार्लोस मान्जोको हत्यापछि सुरु भएको हो। नोभेम्बरको सुरुदेखि अपराधविरुद्धको छवि बनाएका मेयरको सार्वजनिक हत्या भएपछि देशभर हिंसा र भ्रष्टाचारविरुद्ध प्रदर्शन सुरु भएको थियो।

