Aadarsh-Daily

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादव आइतबार शपथग्रहण गर्ने

ad-4p

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवको शपथग्रहण आइतबार बिहान ११ बजे हुने भएको छ। कांग्रेसका एक सांसदका अनुसार ६ दलीय गठबन्धनको सुझावअनुसार शपथग्रहणको मिति र समय तय गरिएको हो।

content ad p2
content left

यादव संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्। सात दलका ७७ जना सांसदको समर्थनसहित पेश गरिएको दाबीको आधारमा प्रदेश प्रमुख सुरेन्द्र लाभले उनलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेका थिए।

सत्ता सहकार्यमा रहेका दलहरूको प्रस्तावअनुसार आइतबार नै शपथ ग्रहण गरिने भएपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने छ।

शपथपछि मुख्यमन्त्री यादवले प्रशासनिक नेतृत्व सम्हाली विकास, सुशासन र स्थिरतामुखी नीति–कार्यक्रमलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily