Aadarsh-Daily

पर्सा निर्वाचन क्षेत्र नं. ३ मा युवा नेतृत्वको उदय: प्रतिनिधिसभा चुनावमा रूपेश कुमार पाण्डे बलियो दाबेदार

ad-4p

वीरगञ्ज पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। विकास, सुशासन र युवा नेतृत्वको बहसबीच रूपेश कुमार पाण्डे युवा पुस्ताको सक्रिय र भरोसायोग्य अनुहारका रूपमा उदाएका छन्।

content ad p2

पछिल्ला तीन वर्ष आठ महिनादेखि निरन्तर रूपमा क्षेत्रका बस्ती–बस्ती पुगेर जनताका समस्या बुझ्दै, अध्ययन गर्दै र ग्रासरूट तहबाट काम गर्दै आएका पाण्डेले पर्सा–३ लाई समृद्ध बनाउने स्पष्ट संकल्प सार्वजनिक गरेका छन्। स्थानीयसँग प्रत्यक्ष संवाद, टोल–टोलमा अन्तरक्रिया तथा सरोकारवालासँगको समन्वयमार्फत उनले क्षेत्रका ज्वलन्त मुद्दालाई प्राथमिकतामा राख्दै आएका छन्।

नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि परिवर्तनको संवाहक र भरोसायोग्य युवा उम्मेदवारका रूपमा स्थापित हुँदै गएका पाण्डेले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, सडक पूर्वाधार, रोजगारी तथा युवा उद्यमशीलतालाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
उनका अनुसार, “क्षेत्रको माटो चम्किन सक्छ, यदि सही नीति, इमानदार नेतृत्व र जनसहभागितामा आधारित विकासको मोडेल अपनाइयो भने।”

content left

पर्सा–३ मा शिक्षा र स्वास्थ्य सेवाको पहुँच अभाव, खानेपानीको समस्या, कृषि उत्पादनको उचित बजारीकरण नहुनु, युवाको बढ्दो वैदेशिक पलायन तथा आधारभूत पूर्वाधारको कमजोरीजस्ता विषयमा उनले पटक–पटक आवाज उठाउँदै समाधानमुखी पहल अघि बढाएको बताइन्छ। क्षेत्रका युवाहरू, किसान र व्यवसायी वर्गसँगको निकट समन्वयले उनलाई व्यवहारिक र परिणाममुखी नेतृत्वका रूपमा चिनाउन सहयोग पुगेको समर्थकहरूको दाबी छ।

राजनीतिक रूपमा नयाँ पुस्ताको नेतृत्वको आवश्यकता महसुस भइरहेका बेला पाण्डेको सक्रिय जनसम्पर्क अभियानले पर्सा–३ को चुनावी समीकरणमा प्रभाव पारेको देखिन्छ। विशेषगरी युवावर्ग, किसान र साना व्यवसायीबीच उनको बढ्दो पहुँचले उनलाई बलियो दाबेदारका रूपमा उभ्याएको छ। स्थानीयस्तरमा ‘पर्सा–३ मा रूपेश कुमार पाण्डेको विकल्प नै नरहेको’ चर्चा समेत सुरु भएको छ।

समसामयिक राजनीतिक सन्दर्भमा विकास, सुशासन र पारदर्शितालाई केन्द्रमा राख्दै अघि बढ्ने प्रतिबद्धताले पर्सा–३ मा नयाँ तरंग सिर्जना गरेको छ।
“पर्सा–३ लाई समृद्ध, व्यवस्थित र अवसरयुक्त क्षेत्र बनाउने मेरो संकल्प हो,” पाण्डेले एक कार्यक्रममा भने, “जनताको विश्वास नै मेरो शक्ति हो, र त्यही विश्वासका आधारमा क्षेत्रको माटो चम्काउने काममा निरन्तर लागिरहनेछु।”

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले पर्सा–३ को राजनीतिक दिशा कता मोड्ने हो भन्ने चासो बढ्दै गएको छ। विकासमुखी एजेन्डा र ग्रासरूट राजनीतिलाई केन्द्रमा राखिएको यो अभियानले निर्वाचन परिणाममा कस्तो प्रभाव पार्छ, त्यो भने मतदाताको निर्णयले निर्धारण गर्नेछ।

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily