Aadarsh-Daily

पर्सा–३ मा पुस्तान्तरणको संकेत: रूपेश कुमार पाण्डे र सुरेन्द्र चौधरीबीच मुख्य भिडन्त

ad-4p

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ यतिबेला राजनीतिक रूपमा अत्यन्तै चासोको केन्द्र बनेको छ। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) का तर्फबाट युवा उम्मेदवार रूपेश कुमार पाण्डे, नेपाली काँग्रेसबाट सुरेन्द्र चौधरी, नेपाली कम्युनिष्ट पार्टीबाट छोटेलाल यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमाकान्त चौरसिया जनमतकी मालती कुशवाहा चुनावी मैदानमा उत्रिएका छन। यद्यपि मैदानमा बहुपक्षीय प्रतिस्पर्धा देखिए पनि मुख्य भिडन्त भने एमालेका रूपेश पाण्डे र काँग्रेसका सुरेन्द्र चौधरीबीच केन्द्रित भएको स्पष्ट देखिन्छ।

content ad p2

युवाशक्ति बनाम पुरानो संरचना
पर्सा–३ को राजनीतिक धरातल विगतमा परम्परागत दलहरूको प्रभावमा रहँदै आएको थियो। तर पछिल्ला तीन वर्ष आठ महिनादेखि निरन्तर रूपमा क्षेत्रका गाउँ–बस्ती, टोल–टोल पुगेर जनताको समस्या प्रत्यक्ष बुझ्दै आएका रूपेश पाण्डेले यो समीकरणमा उल्लेखनीय परिवर्तन ल्याएका छन।

स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, सिँचाइ, सडक, रोजगारी र सीमावर्ती व्यापार व्यवस्थापनजस्ता मुद्दा उठाउँदै आएका पाण्डेले आफूलाई केवल चुनावी उम्मेदवार नभई ‘मैदानमै काम गर्ने नेतृत्व’का रूपमा स्थापित गर्न सफल भएकाछन।

उनको अभियानले युवा मतदाता, पहिलोपटक मतदान गर्ने समूह तथा वैकल्पिक सोच खोजिरहेका मतदातामा उत्साह थपेको देखिन्छ।

काँग्रेसको परम्परागत आधारमा चुनौती

नेपाली काँग्रेसका सुरेन्द्र चौधरी क्षेत्रीय रूपमा परिचित अनुहार भए पनि विकासको ठोस खाका र निरन्तर जनसम्पर्कको अभावमा उनीमाथि प्रश्न उठ्न थालेका छन। मतदाताबीच “पुरानै शैलीको राजनीति” प्रति बढ्दो असन्तुष्टि देखिँदा यसको सीधा फाइदा एमाले उम्मेदवार पाण्डेलाई पुगिरहेको बुझिएको छ।

पछिल्ला वर्षहरूमा संघीय संरचना कार्यान्वयन, सीमावर्ती सुरक्षाको सवाल, उद्योग–व्यवसायको संरक्षण र युवा पलायन रोक्ने नीति जस्ता विषयमा प्रभावकारी आवाज नउठेको गुनासो क्षेत्रमै सुनिन्छ। पाण्डेले भने यी विषयलाई आफ्नो चुनावी एजेन्डाको केन्द्रमा राखेका छन।

२०४८ साल देखि सक्रिय राजनीतिमा रहँदै आएका नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्र चौधरी विरुद्ध जनअसन्तुष्टि अहिले क्षेत्रमा बढ्दै गएको छ, भने उनको भिजन भाषणबाजीमा मात्र सिमित रहेको स्थानीय जनताले बताउँछन। पटक पटक सांसद देखि मन्त्री सम्मको जिम्मेवारी निर्वाह गरेपनि नेता चौधरीले क्षेत्रको बिकासको लागि कुनै ठोस काम गर्न नसकेको र निर्वाचनको बेला म्यादी प्रहरी जस्तै जनतालाई गुमराह गरेर ठगिनेकाम मात्र गरिरहेको आरोप समेत स्थानीय मतदाताले लगाउछन।

बहुकोणीय प्रतिस्पर्धा, तर ध्रुवीकरण स्पष्ट

माओवादी केन्द्रका छोटेलाल यादव र रास्वपाका रमाकान्त चौरसियाको उम्मेदवारीले केही मत विभाजन गर्ने आकलन गरिए पनि निर्णायक प्रभाव भने एमाले–काँग्रेसबीचको सीधा प्रतिस्पर्धामै देखिन्छ।

content left

विशेषगरी वडास्तरमा एमालेको संगठन मजबुत हुनु, युवाहरूको सक्रिय परिचालन, घरदैलो अभियानको तीव्रता र टोलसभामा उच्च सहभागिताले रूपेश पाण्डेको पक्षमा माहोल निर्माण भइरहेको देखिन्छ।

विकास र सुशासनको आक्रामक एजेन्डा
रूपेश पाण्डेले पर्सा–३ लाई “उद्योग, कृषि र व्यापारको नमुना क्षेत्र” बनाउने स्पष्ट योजना अघि सारेका छन्।
उनका मुख्य प्रतिबद्धतामा—

सीमावर्ती व्यापार सहज बनाउन नीति समन्वय

सिँचाइ र कृषि आधुनिकीकरण

युवालाई स्वरोजगार तथा सीपमूलक तालिम

सडक तथा पूर्वाधार विस्तार

पारदर्शी र उत्तरदायी शासन प्रणाली

समेटिएका छन्।

उनको अभिव्यक्ति छ, “पर्सा–३ को माटोमा सम्भावना प्रशस्त छ, अब चाहिएको प्रतिबद्ध र सक्रिय नेतृत्व हो।” यही सन्देशलाई लिएर उनी घरदैलोदेखि सामाजिक सञ्जालसम्म आक्रामक रूपमा प्रस्तुत भइरहेका छन।

जनमतको लहर कता?
स्थानीय राजनीतिक वृत्तमा अहिलेको चर्चा एउटै छ— “यसपटक पर्सा–३ मा पुस्तान्तरणको संकेत देखिँदैछ।”
युवा नेतृत्वको उदय, संगठनको सक्रियता र विकासको स्पष्ट एजेन्डाले रूपेश पाण्डे बलियो प्रतिस्पर्धी मात्र नभई सम्भावित विजेताका रूपमा उभिएको विश्लेषण हुन थालेको छ।

अन्ततः पर्सा–३ का मतदाताले परम्परागत राजनीतिक संरचनालाई निरन्तरता दिने कि नयाँ ऊर्जा र दृष्टिकोणलाई अवसर दिने भन्ने निर्णय केही समयमै गर्नेछन्। तर वर्तमान चुनावी तापक्रम हेर्दा रूपेश कुमार पाण्डेको पक्षमा माहोल क्रमशः सुदृढ बन्दै गएको संकेतहरू स्पष्ट देखिन थालेका छन।

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily