Aadarsh-Daily

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

ad-4p

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत बिन्दवासिनी गाउँपालिका वडा नम्बर १ र २ मा नेकपा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेयको चुनावी घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न भएको छ।

content ad p2
content left

कार्यक्रमका क्रममा उम्मेदवार पाण्डेयले टोल–टोलमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो राजनीतिक दृष्टिकोण, विकासका योजना तथा प्रतिबद्धता प्रस्तुत गरेका थिए। घरदैलो अभियानमा स्थानीयको उल्लेख्य सहभागिता देखिएको थियो भने मतदाताहरूले क्षेत्रको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र आधारभूत पूर्वाधारका विषयमा आफ्ना समस्या तथा सुझावहरू राखेका थिए।

स्थानीय जनतासँगको संवादमा पाण्डेयले बिन्दवासिनी गाउँपालिकाको समग्र विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले युवालाई रोजगारी, किसानलाई कृषि सहयोग, सडक र खानेपानीजस्ता आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

घरदैलो तथा जनता दर्शन कार्यक्रमले पर्सा–३ मा एमालेप्रतिको जनसमर्थन थप मजबुत बन्दै गएको संकेत गरेको स्थानीयवासीहरूले बताएका छन्।

सम्बन्धित खबर

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily

पर्सा–२ को चुनावी मैदानमा रिमा यादव र अजय चौरसियाबीच कडा भिडन्त

Aadarsh Daily