Aadarsh-Daily

नाबालिकालाई जबरजस्ती करणी गरेका चौधरीलाई जन्मकैदको फैसला

ad-4p

वीरगन्ज — पर्सा जिल्ला अदालतले ४ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरेका देवशंकर चौधरीलाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश राजेशकुमार कटुवालको इजलासले चौधरीले मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ (२) (ग) ले परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले मुलुकी अपराध संहिता २०७४ को दफा २१९(१) बमोजिमको कसुरमा सोही संहिताको दफा २१९ (३)(क) बमोजिम जन्म कैदको सजायको फैसला गरेको हो ।

content ad p2

कटुवालको इजलासले प्रतिवादीको पारिवारिक एवं आर्थिक अवस्था समेतलाई विचार गरी प्रतिवादीबाट पीडितले दफा २२८ बमोजिम क्षतिपूर्तिबापत १ लाख रुपैयाँ क्षतिपूर्ति भरी पाउने समेत ठहर गरेको छ ।

content left

पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ निवासी टटायन भन्ने देवशंकर दास थारुले २०७७ मंसिर ११ मा बिहान करिब ११ बजेको समयमा ४ वर्षीय नाबालिका छोरीलाई ललाइफकाई कोठामा लगेर जबरजस्ती करणी गरेकाले कानुनबमोजिम कारबाही गरी पाउ भनि पीडितका बुबाले किटानी जाहेरी दिएका थिए । पीडित नाबालिकाका बुबाले जाहेरी दिएपछि प्रहरीले गाउँबाटै देवशंकरलाई पक्राउ गरेको थियो । प्रतिवादी थारुले प्रहरीसमक्ष जबरजस्ती करणी गरेको बयान दिएका थिए । अदालतमा भने जाहेरी दरखास्त झुठो रहेको र आफूले जबरजस्ती करणी नगरेको बयान दिएका थिए ।

‘घर बाहिर नरिवल फुटाइरहेको अवस्थामा पीडित भनिएकी बालिका म भएको ठाउँमा आई नरिवल मागिरहेकी थिइन । मैले नरिवल दिन इन्कार गर्दा निजले मलाई गाली गरेकीले मैले फुच्चे बच्चा भएर गाली गर्छस् भनी भन्दा निज भाग्न खोजेको र मैले समात्न खोज्दा निजको कपडासम्म तानिएको हो,’ देवशंकरले अदालतमा आरोपित कसुरमा इन्कारी बयान गरेका थिए ।

पीडितको कागज व्यहोरा, प्रतिवादी उपरको आरोप, मौकामा कागज गरिदिने व्यक्तिहरुले अदालतमा गरेको बकपत्र, पीडितको शारीरिक परीक्षण प्रतिवेदन र विशेषज्ञको अदालत समक्षको बकपत्रका सांपेक्षतामा पीडितको शारीरिक परीक्षण प्रतिवेदनको विश्लेषण गरेको थियो । अदालतले विवेचित आधार र प्रमाणहरुबाट प्रतिवादी देवशंकरले पीडित ४ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरी मुलुकी अपराध संहिता २०७४ ले परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले जन्मकैदको सजाय हुने ठहर गरेको छ ।

मौकामा कागज गर्ने उमेश दहित थारु र प्रेम चौधरीले अनुसन्धानको क्रममा कगाज गर्दा प्रतिवादीले आफ्नो घर अगाडि खेलिरहेकी नाबालिकालाई चकलेट दिन्छु भनी ललाइफकाई आफ्नो घरकोठामा जबरजस्ती करणी गरेको भनी कागज गरेका थिए । सरकारी वकिल कार्यालयका अनुसार जबरजस्ती करणी गरेको वारदात स्थापित हुन आएकोले प्रतिवादी थारुले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा १ र २ (ग) बमोजिमको कसुर गरेको देखिँदा उक्त कसुरमा निज प्रतिवादीलाई २१९ (३) (क) बमोजिम सजाय गरी पाउँ भन्ने समेत बेहोराको अभियोगपत्र दर्ता भएको थियो

सम्बन्धित खबर

जसपा नेपालका नेताहरूलाई एमाले प्रवेश गराउँदै पूर्वमन्त्री प्रदीप यादव को विस्फोटक टिप्पणी—‘कांग्रेस लास र दासको पार्टी बनिसक्यो, अब देश जोगाउने जिम्मा एमालेको काँधमा’

Aadarsh Daily

प्रदीप यादवको अभियानले विपक्षी चकित, वडाध्यक्ष रौनियार एमालेमा प्रवेश

Aadarsh Daily

उम्मेदवारी खारेजविरुद्ध रेशम चौधरीको रिटमा आज सर्वोच्चमा सुनुवाइ

Aadarsh Daily