Aadarsh-Daily

उम्मेदवारी खारेजविरुद्ध रेशम चौधरीको रिटमा आज सर्वोच्चमा सुनुवाइ

ad-4p

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा रिटको पेशी तोकिएको हो।

content ad p2

यसअघि सर्वोच्च अदालतले माघ ११ गते उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै चौधरीको उम्मेदवारी रद्द गर्नुको आधारबारे निर्वाचन अधिकृतको कार्यालयसँग कारण माग गरेको थियो। साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको थियो।

content left

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिएको उम्मेदवारी खारेज भएपछि चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। निर्वाचन अधिकृतले गैरकानुनी रूपमा आफ्नो उम्मेदवारी रद्द गरेको दाबी गर्दै उनले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका छन्।

ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा जन्मकैदको सजाय पाएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने कानुनी प्रावधानअनुसार निर्वाचन अधिकृतको कार्यालयले चौधरीको मनोनयन खारेज गरेको थियो।

थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जना सुरक्षाकर्मी र एक जना नाबालकको हत्या भएको थियो। उक्त घटनाका मुख्य योजनाकार रहेको अभियोगमा चौधरीलाई तीनै तहका अदालतले दोषी ठहर गरेका थिए।

पछि, गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै चौधरी कारागारमुक्त भएका थिए। कारागारमुक्त भएपछि उनले कैलाली–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका थिए।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily