Aadarsh-Daily

पर्सा भोलीदेखि मतदाता नामावली संकलन र अद्यावधिक कार्यक्रम पुनः सुचारु हुने

ad-4p

वीरगञ्ज, ३१ जेठ । पर्सामा भोलीदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सुचारु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय पर्साले सोमवार एक सूचना जारी गर्दै असार १ गते भोलीदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सुचारु हुने जानकारी गराएको हो । जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख निर्वाचन अधिकारी रंजिता झाद्वारा जारी सूचनाअनुसार पर्साको ईलाका प्रशासन कार्यालय सुपौली, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला निर्वाचन कार्यालय पर्साबाट मतदाता नामावली दर्ता गर्न छुट भएकाहरुको विवरण संकलन हुने भएको छ ।

content ad p2

साथै मतदाता नामावलीमा त्रुटि भएमा विवरण सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न र दोहोरो परेको नाम हटाउने काम जिल्ला निर्वाचन कार्यालय पर्साबाट हुने झाद्वारा जारी सूचनामा उल्लेख छ ।

content left

पेशा, व्यवसायका कारण कुनै एक जिल्लामा बसोबास गरीरहेको तर आफ्नो स्थायी ठेगाना अर्काे जिल्लामा रहेको भए त्यस्तो व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाणपत्रको सक्कल साथै प्रतिलिपीसहित आफु रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता दर्ता सञ्चालन हुने पनि सूचनामा भनिएको छ ।

पर्साको पटेर्वासुगौली गाउँपालिका, ठोरी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, जिराभवानी गाउँपालिकाको मतदाता नामावली इलाका प्रशासन कार्यालय सुपौलीबाट संकलन हुने छ भने बाँकी स्थानीय तहको हकमा जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय पर्साबाट मतदाता नामावली संकलन हुने जिल्ला निर्वाचन अधिकारी झाले जानकारी दिइन्

सम्बन्धित खबर

जसपा नेपालका नेताहरूलाई एमाले प्रवेश गराउँदै पूर्वमन्त्री प्रदीप यादव को विस्फोटक टिप्पणी—‘कांग्रेस लास र दासको पार्टी बनिसक्यो, अब देश जोगाउने जिम्मा एमालेको काँधमा’

Aadarsh Daily

प्रदीप यादवको अभियानले विपक्षी चकित, वडाध्यक्ष रौनियार एमालेमा प्रवेश

Aadarsh Daily

उम्मेदवारी खारेजविरुद्ध रेशम चौधरीको रिटमा आज सर्वोच्चमा सुनुवाइ

Aadarsh Daily