Aadarsh-Daily

मधेश सरकारको बजेट आज आउँदै

ad-4p
content left

मधेश प्रदेश सरकारको बजेट बुधबार आउने भएको छ । प्रदेशसभा सचिवालयमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले दिउँसो ४ बजेदेखि आथिर्क वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्ने भएको छ ।

content ad p2

यसपाली बजेटको अकार बढ्ने अनुमान गरिएको छ । सरकारले करिव ४२ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आउने बजेटको आकार चालु आर्थिक वर्षभन्दा झण्डै ८ अर्बभन्दा बढी रहने बताइएको छ । चालु आर्थिक वर्षमा सरकारले ३८ अर्बको बजेट ल्याएका थिए । आगामी बजेटमा कोरोना महामारी, वेरोजगारी जस्ता समस्याका कारण करको दायरा फराकिलो गरिएको छैन् । जनतालाई सहज हुने गरी उत्पादनमूलक क्षेत्रमा बढी लगानी गर्ने गरी बजेट बनाइएको सरकारका प्रतिनिधिहरुको भनाई छ ।
आगामी आर्थिक वर्षको लागि संघीय सरकारले १९ अर्ब बजेट प्रदेश सरकारलाई उपलब्ध गराएको छ । ११ अर्ब रकम आन्तरिक राजस्व बाडफाँटबाट प्राप्त भएको छ । चालु आर्थिक वर्षमा खर्च हुन नसकेको ८ अर्ब समेत गरी ३८ अर्ब रकम रहेको छ । यस्तै, चार अर्बको हाराहारीमा आन्तरिक राजस्वबाट असुल भइ आएको रकम गरी करिव ४२ अर्बको हराहारीमा बजेट आउने अनुमान गरिएको छ ।

सम्बन्धित खबर

जसपा नेपालका नेताहरूलाई एमाले प्रवेश गराउँदै पूर्वमन्त्री प्रदीप यादव को विस्फोटक टिप्पणी—‘कांग्रेस लास र दासको पार्टी बनिसक्यो, अब देश जोगाउने जिम्मा एमालेको काँधमा’

Aadarsh Daily

प्रदीप यादवको अभियानले विपक्षी चकित, वडाध्यक्ष रौनियार एमालेमा प्रवेश

Aadarsh Daily

उम्मेदवारी खारेजविरुद्ध रेशम चौधरीको रिटमा आज सर्वोच्चमा सुनुवाइ

Aadarsh Daily