Aadarsh-Daily

अब ६ रुपैयाँले बढेर आयो पेट्रोलको मूल्य

ad-4p

भारतीय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ थप बढेको छ।

content ad p2

नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रति लिटर ६ रुपैयाँ ५२ पैसा बढेर २ सय ९ रुपैयाँ २८ पैसा पुगेको छ। डिजेल प्रतिलिटर १९ रुपैयाँ ०३ पैसाले बढेर २ सय २ रुपैयाँ १६ पैसा पुगेको छ।

हाल नेपाल आयल निगम (एनओसी)ले पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँमा बिक्री गरिरहेको छ। एनओसीले पठाएको नयाँ मूल्य अनुसार नेपालमा भाउ नबढाउँदा पेट्रोलमा १५ दिनमै ९५ करोड घाटा लाग्नेछ।

content left

केही समयअघि निगमले पेट्रोल प्रतिलिटर १ सय ८० रुपैयाँमा बिक्री गरिरहेको थियो। जनदबाबपछि सरकारले हाललाई पेट्रोलियम पद्धार्थमा लिँदै आएको १० रुपैयाँ बराबर पुर्वाधार कर हटाएको छ। सोसँगै निगमले पनि पेट्रोलको मूल्य केही दिनलाई घटाएर एक सय ७० रुपैयाँमा बिक्री गरेको थियो। केही समयपछि थप नोक्सानी व्यहोर्न नसक्ने भन्दै मूल्य बढाएर १ सय ७८ रुपैयाँ कायम गरेको हो।

अहिले आएको नयाँ मूल्य सूचीअनुसार बिक्री मूल्य समायोजन गरिसकेको छैन।

त्यस्तै, हाल प्रतिलिटर १ सय ६५ रुपैयाँमा डिजेल बिक्री गरिरहेको एनओसीलाई १५ दिनमै २ अर्ब ९१ करोड रुपैयाँ घाटा लाग्ने अवस्था रहेको उल्लेख छ।

हवाई इन्धन प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले बढेको छ। अहिले एनओसीले (आन्तरिक) प्रतिलिटर १ सय ६८ रुपैयाँ ७० पैसा र (बाह्य) १ सय ४७ रुपैयाँ ८९ रुपैयाँमा हवाई इन्धन बिक्री गरिरहेको छ। हवाई इन्धनमा १५ दिनमा ६६ लाख रुपैयाँ घाटा हुने अवस्था छ।

ग्यासको मूल्य बढेर नआएपनि प्रति सिलिण्डर २ हजार ५५ सय ५१ रुपैयाँमा किनेर १ हजार ८ सय रुपैयाँमा बिक्री गरिरहेको निगमलाई यसमा १ अर्ब १४ करोड घाटा भइरहेको छ।

सम्बन्धित खबर

जसपा नेपालका नेताहरूलाई एमाले प्रवेश गराउँदै पूर्वमन्त्री प्रदीप यादव को विस्फोटक टिप्पणी—‘कांग्रेस लास र दासको पार्टी बनिसक्यो, अब देश जोगाउने जिम्मा एमालेको काँधमा’

Aadarsh Daily

प्रदीप यादवको अभियानले विपक्षी चकित, वडाध्यक्ष रौनियार एमालेमा प्रवेश

Aadarsh Daily

उम्मेदवारी खारेजविरुद्ध रेशम चौधरीको रिटमा आज सर्वोच्चमा सुनुवाइ

Aadarsh Daily