
श्रीनारायण महत्तो
वीरगंज – बिश्व रक्तदाता दिवसको अवसरमा आज शुक्रबार पर्साको बहुदरमाई नगरपालिका रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बहुदरमाई नरपालिका वडा नम्बर ७ छपकैयामा आयोजित रक्तदान कार्यक्रममा ५ महिलासहित २६ जनाले रक्तदान गरेका छन ।

उक्त रक्तदान कार्यक्रममा पुग्नुभएको बहुदरमाई नगरपालिका मेयर सिंगासन सा तेलीले रक्तदान गर्नेहरुलाई रगत जम्मा हुने प्याकेट दिएर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । कार्यक्रमलाई शुभारम्भ गर्दै मेयर तेलीले रक्तदान जीवनको सबै भन्दा ठुलो दान भएकोले सबैले रक्तदान गर्नुपर्ने कुरामा जोड दिनुभयो । त्यसैगरी बहुदरमाई नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष बिरेन्द्र प्रसाद यादेवले प्रत्येक व्यक्तिले तिन तिन महिनामा रक्तदान गर्ने बताउनुभयो ।
उहाले तपाइहरुको एक एक थोपा रगतले कसैको ज्यान बचाउने बताउनुभयो । उहाले बिना कुनै डरत्रासको रक्तदान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्राबिधिक जितेन्द्र कुशवाहाको टोलीले प्राबिभिक सहयोग गरेको थियो भने कार्यक्रमका सञ्चालान रेडक्रस सोसाईटी पर्साशाखका सदस्य शिवनाथ यादवले गर्नुभएको थियो ।

