
श्री महानन्द प्रसाद उपाध्याय माध्यमिक सामुदायिक विधालय मा अध्यनरत छात्राहरु लाई आज एक समारोह का बिच छात्रवृत्ति प्रदान गरिएको छ।


बिधालय ब्यवस्थापन समिती को आयोजनामा तथा अध्यक्ष राजेश कुमार साह , को अध्यक्षता मा बिधालय प्राङ्गणमा आयोजित एक कार्यक्रम का बिच प्रमुख अतिथि माननीय श्री राजेश्वर प्र. साहज्यु ले बिद्यार्थीहरु लाई छात्रवृत्ति प्रदान गरेका थिए।

आ ब २०७८/०७९ काे बीरगंज म न पा बाट प्राप्त छात्रवृति तथा श्री गाेकुल कुर्मी स्मृति प्रतिष्ठान बाट प्राप्त छात्रवृत्ति प्रदान गरिएको सो कार्यक्रममा बिशिष्ट अतिथि संरक्षक श्री सुरेन्द्र प्रसाद कुर्मी ,वडा अध्यक्ष श्री सर्युग महताे तथा प्र.अ.राजेशवर पाण्डेय ब्राहमण लगायत अभिभावक ज्यूहरुकाे बिशेश उपस्थिति रहेको थियो।

