Aadarsh-Daily

भारतको ७६ औँ स्वतन्त्रता दिवस आज

ad-4p

भारतले आज ७६औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ।

content ad p2

ब्रिटिसबाट स्वतन्त्र भएको ७५ वर्ष पूरा भएको अवसरमा भारतले आजको दिनलाई ‘स्वतन्त्रताको अमृत महोत्सव’ का रुपमा मनाइरहेको छ। दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा राष्ट्रिय झण्डा फहराए।

content left

स्वतन्त्रता दिवसका अवसरमा राजधानी नयाँ दिल्ली लगायत देशका मुख्य शहरहरुमा सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। लालकिल्लाको सुरक्षामा मात्रै १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

भारतले स्वतन्त्रता दिवसको तयारी गरिरहँदा शुक्रबार दिल्ली प्रहरीले आनन्द विहार बस पार्क नजिकबाट २ हजार २ सयभन्दा धेरै पेस्तोलमा लाग्ने गोली बरामद गरेको थियो । साथै ६ जनालाई गिरफ्तार गरेको थियो। दिल्लीमा स्वतन्त्रता दिवस मनाइरहँदा शहरभर धारा १ सय ४४ लागू गरिएको छ।

यो धारा लागु भए सहरमा सरकारले गरेको कार्यक्रम बाहेक ५ जनाभन्दा धेरै मानिस जम्मा हुन पाइँदैन। लालकिल्लाको ५ किलोमिटर वरपरको क्षेत्रमा चङ्गा उडाउनसमेत निषेध गरिएको छ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily