Aadarsh-Daily

अतिक्रमण गरेका सडक संरचना हटाउन वीरगञ्ज महानगरको ३५ दिने सूचना

ad-4p

वीरगञ्ज महानगरपालिकाले गण्डकदेखि शंकराचार्य गेट सम्मको क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सूचना जारी गरेको छ । सडक बिस्तारका लागि सो क्षेत्रमा अनधिकृत रुपमा निर्मित घर, टहरा लगायतका संरचना हटाउन महानगरपालिकाले मंगलवार ३५ दिने सूचना जारी गरेको हो ।

content ad p2
content left

गण्डक चौकदेखि पावर हाउस, घण्टाघर, माईस्थान, महावीर स्थान, आदर्शनगर, अलखिया मठ, विर्ता मन्दिर, सिगरेट फ्याक्ट्री गेट, नारायणी अस्पताल, वीरगञ्ज भन्सार कार्यालय हुँदै दक्षिण शंकराचार्य गेटसम्म रोडका दायाँबायाँ सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सूचनामार्फत निर्देशन दिएको मेयर राजेशमान सिंहले जानकारी दिए ।

सडकको दुबैतर्फ निर्माण भएका घरहरूको वीरगञ्ज महानगरपालिकाबाट नक्सा स्वीकृत भए नभएको सबुत प्रमाण लिई सूचना प्रकाशित भएको ३५ दिनभित्र आगामी असोज २५ गतेसम्म महानगरपालिका कार्यालयको भवन निर्माण तथा इजाजत शाखामा उपस्थित हुन पनि पत्रमार्फत आग्रह गरिएको छ ।
सूचनामा सडकको जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएको प्रमाणित भएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कारबाही गरिने समेत जानकारी गराइएको छ ।

यसअघि महानगरपालिकाले नाला अतिक्रमण गरेर निर्माण गरेका संरचना भत्काएर खाली गराएको थियो भने अब सडक बिस्तारका लागि सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानको थालनी गरिएको मेयर सिंहका स्वकिय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।

सम्बन्धित खबर

पर्सा–१ मा कडा प्रतिस्पर्धाः एमालेका प्रदीप यादव अगाडि, कांग्रेस र रास्वपा ग्राफ घट्दै

Aadarsh Daily

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily