Aadarsh-Daily

जसपाले गर्‍यो पर्साका सबै क्षेत्रमा उम्मेदवार सिफारिस, हेर्नुस् कहाँ को परे

ad-4p

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल पर्सा जिल्ला समन्वय समितिले ४ वटै निर्वाचन क्षेत्रका लागि आकांक्षी उम्मेदवारको नाम प्रदेशमा सिफारिस गरेको छ । क्षेत्रीय भेला तथा बैठकहरुबाट सिफारिस भएर आएका तथा जिल्लामा निवेदन दिएकाहरुको समेत नाम प्रदेशमा सफारिस गरिएको जसपा पर्साले जनाएको छ ।

content ad p2

प्रतिनिधि सभा सदस्यमा भने पार्टी अध्यक्ष उपेन्द्र यादव समेतको नाम सिफारिस भएको छ । पर्सा क्षेत्र नं. ४ का लागि पार्टी अध्यक्ष यादव र जिल्ला सचिव तवरेज अहमदको नाम सिफारिस भएको छ ।
पर्सा क्षेत्र नं. १ का लागि वन तथा वातावरण मन्त्री प्रदीप यादवको नाम सिफारिस भएको छ । मन्त्री यादव २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । तत्कालीन सघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका उनले २१ हजार १ सय ३२ मत पाएका थिए भने निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका अनिल रुंगटाले १६ हजार ४ सय ८१ मत ल्याएका थिए ।

क्षेत्र नं. २ का लागि ४ जना र क्षेत्र नं. ३ का लागि २ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं. २ मा प्रदेश सभा सदस्य करिमा वेगम, जनार्दन यादव, सुरेन्द्रप्रसाद कुर्मी र चन्दन यादवको नाम सिफारिस भएको छ भने क्षेत्र नं. ३ बाट डा. मधु गुप्ता र भरत गिरीको नाम सिफारिस भएको छ ।

डाक्टर गुप्ता निलम्बित सांसद हरि नारायण रौनियारकी छोरी हुन् । संघीय समाजवादी फोरम नेपालबाट ०७४ सालको निर्वाचनमा निर्वाचित भएका रौनियार विशेष अदालतले भ्रष्टाचारको मुद्दा दायर गरेपछि निलम्बनमा छन् ।

content left

प्रदेस सभा सदस्यतर्फ क्षेत्र नं. १ (क) मा जन्नत अन्सारी, फिरोज मिया मन्सुरी, वृजमोहन तिवारीको नाम सिफारिस भएको छ । फिरोज र वृजमोहनले प्रदेश सभा सदस्यका लागि नाम सिफारिस गरिदिन आग्रह गर्दै जिल्ला समन्वय समितिमा निवेदन दिएका थिए ।

क्षेत्र नं‍. १ को (ख) मा मुख्यमन्त्री लालबाबु राउत गद्दीको एकल नाम सिफारिस भएको छ । राउत २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

क्षेत्र नं‍. २ को (क) मा राम नरेश यादव, विरेन्द्र यादव, विपिन यादव, (ख) मा कामेश पण्डित, प्रेमबाबु पटेल, मुकेश द्विवेदी रुपेशमान सिंह, सञ्जिव कुमार यादव र मन्टु गिरीको नाम सिफारिश भएको जिल्ला सचिव अहमदले जानकारी दिए ।

क्षेत्र नं‍. ३ को (क) का लागि शिव कुमार साह, प्रमोद जयसवाल, मञ्जुर अन्सारी, अनिल राउत कुर्मी र ख) का लागि गौरि शंकर साह, शिवजी सोनीको नाम सिफारिश भएको छ ।

क्षेत्र नं‍. ४ को (क)मा मोहनलाल चौधरी र ख मा सिंहासन साह कलवारको नाम सिफारिस भएको छ । साह ०७४ मा सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily