Aadarsh-Daily

पर्साको बहुदरमाई नगरपालिकाको ८ औ नगरसभा आज सम्पन्न

ad-4p

कृष्णा यादव

content ad p2
content left

पर्सा, ३१ भाद्र
| पर्साको बहुदरमाई नगरपालिकाको ८ औ नगरसभा आज सम्पन भएको छ। नेपाल भरिको नगरसभा असाढ १० गते आउनु पर्नेमा साढे ३ महिना ढिलो आएको हो । नगर सभा ढिलो आएपनी बजेट दुरुस्त आएको ले स्थानिय खुशि भएका छन। नगरसभा आर्थिक बर्ष ०७९र८० को नीति कार्यक्रम तथा बजेट प्रस्तुतिकरण कार्यक्रम बाट ६७ करोड ७९ लाख ११ हजार ४ सय ३१ रुपैयाँ तिरानबे पैसाको अनुमानित बजेट नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत बिदुर प्रसाद उप्रेतीले प्रस्तुतिकरण गर्नु भएकोस थियो।

नीति कार्यक्रम तथा प्रस्तुतिकरणमा संघिय सरकार समानिकरण अनुदान १३ करोड ८२ लाख, शशर्त अनुदान २१ करोड ३ लाख,।सम्पुर्क अनुदान १ करोड, राजस्व बाँडफाड ९करोड ३१ लाख ४९ हजार। लगायत प्रदेशको बजेट गरि बजेट प्रस्तुतिकरण पारित गरिको हो बजेटमा शिक्षा, स्वास्थ्य ,कृषि , पर्यटन, भौतिक पुर्वधार बिकास , युवा तथा महिला बालबालिका लगायत योजना हरु राखिएको नगरप्रमुख सिंगासन साह तेली ले जनाएका छन। नगरसभा ढिलो आएपनी तर दुरुस्त आएको सम्पुर्ण जनता हरु को हित मा योजना समेटिएको मेयर साह ले बताए ।

नगरसभा नगरप्रमुख सिंगासन साह तेली को अध्यक्षतामा भएको कार्यक्रम मा उपमेयर सुष्मा कुमारी कुशवाहा, प्रमुख प्रसाशकिय अधिकृत बिदुर प्रसाद उप्रेती , वडा अध्यक्ष प्रमोद यादव,जितेन्द्र पटेल,दिनेश यादव , सुरेन्द्र प्रसाद यादव,सुनिल महतो कोईरी,प्रमोद प्रसाद साह,बिरेन्द्र प्रसाद यादव,पुनिलाल साह,रबिन्द्र कुमार गुपत, लगायत पालिका सदस्य,नगरपालिका सदस्य,कर्मचारी ईन्जिनियर बिनेश कु साह, ईश्वरदेव प्रसाद यादव, लेखा उपेन्द्र साह, सह लेखा हरी प्रसाद कुर्मी ,समाजिक बिकास प्रमुख रामबाबु प्रसाद कुर्मी,आईटी अौफिसर भास्कर पाण्डे,बिरेन्द्र साह,लगायत स्थानिय हरु को सहभागिता रहेको थियो।

सम्बन्धित खबर

पर्सा–१ मा कडा प्रतिस्पर्धाः एमालेका प्रदीप यादव अगाडि, कांग्रेस र रास्वपा ग्राफ घट्दै

Aadarsh Daily

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily