Aadarsh-Daily

गहवामाई मन्दिरको सौन्दर्यीकरण

ad-4p
content left

वीरगन्जस्थित गहवामाई मन्दिर क्षेत्रको सौन्दर्यीकरण अन्तिम चरणमा पुगेको छ । वीरगन्ज महानगरको प्रमुख शक्तिपीठ गहवामाई मन्दिर क्षेत्रको सौन्दर्यर्कीरणको माग महानगरवासीले गर्दै आएका थिए । यहाँ दसैंमा ठूलो मेला लाग्छ ।

content ad p2

हाल वीरगन्ज महानगरले ८० लाख रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत मन्दिर सौन्दर्यकरण थालेको हो । निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको महानगर प्रमुखका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिए । ‘घटस्थापनाअघि नै सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको छ,’ उनले भने ।
मन्दिरको चारै दिशामा रहेको सडकमा करिब ४ सय मिटर क्रंक्रिट ब्लक पेवर्स लगाउने काम भइरहेको उनले बताए । तीन दिशाको सडकको काम करिब सम्पन्न भइसकेको छ । त्रिभुवन राजपथसँग जोडिएको पश्चिम दिशाको सडकको काम हाल भइरहेको छ । यो सडकमा रंगोली निर्माण भइरहेको उनले बताए । यसबाहेक फुटपाथमा नयाँ कर्भ स्टोन तथा छेउका नालामा स्ल्याब हालेर छोप्ने काम पनि भइरहेको उनले बताए ।
‘गहवामाई मन्दिर क्षेत्र वीरगन्जको मुटु हो, यो क्षेत्र सुन्दर बनाएर महानगरमा आउने पाहुनाले पनि प्रशंसा गर्ने खालको वातावरण हुनुपर्छ भन्ने हाम्रो सोच हो,’ अमात्यले भने, ‘पहिलो चरणको निर्माण सम्पन्न भइसकेपछि दोस्रो चरणमा महानगरको मुख्य सडकबाट मन्दिरतर्फ जाने सडकको मुखमै रेलिङ र चेन लगाएर उक्त सडकमा सवारीसाधनको आवागमन रोक्ने र सडकछेउ विश्रामका लागि केही बेञ्च पनि राख्ने योजना छ ।
त्यसपछि, मिनाबजार, पूर्वतर्फको ३ नम्बर र दक्षिणतर्फको २ नम्बर सडकबाट पनि सवारीसाधनको आवागमन र फुटपाथमा व्यापार गर्नेलाई रोक लगाई उक्त क्षेत्रलाई खुला राखेर सर्वसाधारणलाई आवागमनमा राहत दिने र मन्दिरको वरपरको क्षेत्रकै शोभा बढाउने योजना रहेको उनले बताए । योजनामा उपभोक्ता समितिको पनि १० प्रतिशत योगदान रहेको अमात्यले जानकारी दिए ।

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily