Aadarsh-Daily

नारायणी अस्पतालमा २२ बेडको डायलासिस वार्ड सञ्‍चालनमा

ad-4p

वीरगन्ज,२९ मंसिर : वीरगन्जको नारायणी अस्पतालमा २२ शैय्या (बेड) को छुट्टै डायलासिस वार्ड सञ्‍चालनमा ल्याइएको छ ।

content ad p2
content left

अस्पतालमा यसअघि एउटा कोठामा ७ वटा मात्र मेसिन राखेर डायलासिस सेवा दिइरहेको बुधबारदेखि छुट्टै वार्ड बनाएर थप १५ वटा मेसिन जडान गरी २२ बेडको डायलासिस वार्ड सञ्चालनमा ल्याइएको हो।
सिद्धार्थ बैंकले अस्पतालकै आकस्मिक उपचार कक्ष भवन माथिको तल्लामा ५५ लाख रुपैयाँको लागतमा निर्माण गरिदिएको भवनमा २२ बेडको डायलासिस वार्ड सञ्‍चालनमा ल्याइएको अस्पतालका सूचना अधिकारी डाक्टर उदय नारायण सिंहले बताए ।
उनका अनुसार  यसअघि अस्पतालको एउटा साँघुरो कोठामा ७ वटा मात्र डायलासिस मेसिन राखेर सेवा सञ्‍चालन गरिएको थियो । तर अहिले स्वास्थ्य मन्त्रालयले थप १५ वटा नयाँ मेसिन उपलब्ध गराएपछि छु्ट्टै भवनमा आकस्मिक डायलासिस सेवासहितको २२ बेडको वार्ड सञ्‍चालनमा ल्याइएको डाक्टर सिंहले बताए ।सिंहका अनुसार यसअघि ७ वटा मात्रै मेसिनबाट सेवा प्रवाह हुँदा नियमित सेवा लिइरहेका बिरामीले मात्रै डायलासिस सेवा लिँदै आएका थिए । आकस्मिक सेवा उपलब्ध थिएन । तर अब डायलोसिस् वार्डमा दुईवटा बेड आकस्मिक सेवाका लागि छुट्याइएको छ । उनले भने, ‘निमोनियालगायत विभिन्न रोगका कारण एक्कासी मृगौलामा असर परेको बिरामीलाई पनि अब यहिबाट सेवा दिन सकिन्छ ।त्यस्तै हेपाटाइटीस र एचआइभीका संक्रमित बिरामीका लागि पनि दुईवटा बेड छुट्याएर राखिएको अस्पतालका मेडिकल सुपरिडेन्टेण्ट (मेसु) डाक्टर वीरेन्द्र प्रधानले जानकारी दिए ।

यसअघि हेपाटाइटीस् र एचआइभिका संक्रमितका लागि मधेस प्रदेशमै डायलोसिस सेवा उपलब्ध थिएन । उनीहरुलाई डायलोसिस सेवाका लागि कि त काठमाडौं कि त धरान जानुपर्ने बाध्यता थियो । तर अब भने नारायणी अस्पतालमै उनीहरुले सेवा पाउने भएको अस्पतालका मेसु डाक्टर प्रधानले बताए ।
नारायणी अस्पतालमा यसअघि २४ जना मात्र मृगौला रोगीले नियमित डायलासिस सेवा लिँदै आएका थिए । तर अब २२ बेडको वार्ड सञ्‍चालनमा आएपछि भने कम्तिमा ५० जनाले नियमित सेवा लिन पाउने मेसु प्रधानले जानकारी दिए ।सरकारको निर्णय अनुसार अस्पतालले नियमित सेवा लिइरहेका मृगौलाका दिर्घ रोगीका लागि डायलासिस् सेवा उपलब्ध गराउँदै आएको छ । यस्तै आकस्मिक डायलासिस् सेवा लिनेको हकमा भने अस्पतालले एक पटकको लागि ५ हजार रुपैया शुल्क तोकेको छ । जबकी निजी स्वास्थ्य संस्थाले भने न्युनतम १० देखि १२ हजार रुपैयाँ शुल्क लिँदै आएका छन् । डाक्टर प्रधानले भने,‘निजी अस्पतालले इमर्जेन्सी डायलोसिस गरेको १० देखि १२ हजार रुपैयाँ लिन्छन् , तर यहाँ त्यस्ता बिरामीले आकस्मिक सेवा लिदा ५ हजार मात्र तिरे पुग्छ।’ अस्पतालमा नियमित सेवा लिइरहेकाहरुले भने एक रुपैयाँ पनि तिर्नु पर्दैन। त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले नै व्यहोर्दै आएको छ ।
सभार :-अन्नपुर्णा पोस्ट

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily