Aadarsh-Daily

पटेर्वा सुगौली गाँउपालिकाले निजी श्रोतका २९ शिक्षकलाई जागीरबाट हटायो

ad-4p

वीरगन्ज,२९ मंसिर : पर्साको पटेर्वा सुगौली गाँउपालिकाले पालिकाका सामुदायिक विधालयहरुमा निजी श्रोतमा कार्यरत शिक्षकहरुलाई हटाउने निर्णय गरेको छ ।

content ad p2

पालिकामा ३ माध्यमिक र २१ आधारभूत गरि कूल २४ वटा विधालय छन् । ती सबैमा गरि २९ जना शिक्षक शिक्षिका निजी श्रोतमा कार्यरत छन् ।मंसिर २३ गते बसेको गाँउ कार्यपालिकाको बैठकले निजी श्रोतमा कार्यरत सबै २९ जना शिक्षक शिक्षिकाहरुलाइ पुष १ गते देखि हटाउने निर्णय गरेको हो ।

content left

गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले गत सोमबार सार्वजनिक गरेको सूचनामा गाँउ कार्यपालिकाको बैठकले गाँउपालिकाबाट प्रदान गर्दै आएको विधालय सन्चालन अनुदान (निजी श्रोत अनुदान) आगामी पुष १ गतेबाट रोक्का गर्ने निर्णय भएको उल्लेख छ । गाँउपालिकाले विधालयहरुमा नपुग शिक्षकको व्यवस्थापन गर्न आवश्यक प्रकृया अगाडि बढाउने निर्णय पनि गरेको जारी सूचनामा उल्लेख छ ।

गाँउपालिका अध्यक्ष दिनेश चौधरीले यसअघिका जनप्रतिनिधी र कर्मचारीले विधालयहरुमा आवश्यक प्रकृया नै पुरा नगरि हचुवाका भरमा निजी श्रोतमा शिक्षकहरु नियुक्त गरेकाले उनिहरुलाई हटाउने निर्णय गरिएको बताए ।

चौधरीले भने ,‘ निजी श्रोतमा नियुक्त गरिएका शिक्षकहरु कसैको पनि शिक्षण अनुमति पत्र( लाइसेन्स ) नै छैन , लेखा परिक्षणमा अडिटरले मान्दै मानेन् , यसरी उनिहरुको तलब सुविधा मात्रै वर्षेनी ५० लाख भन्दा बढि रकम खर्च भएको देखिन्छ ।

छानबिनका क्रममा निजी श्रोतमा नियुक्त शिक्षकहरुलाई नियुक्त गर्र्दाका बखत पालिका र विधालयले कुनै पनि कागजात नै नमागेको , विना विधाी प्रकृया हचुवाका भरमा नियुक्त गरेको पाइएकाले पुष १ गते देखि ती सबै शिक्षकहरुलाई हटाउने निर्णय गरिएको अध्यक्ष चौधरीले बताए ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily