Aadarsh-Daily

बाराको इटियाहीमा परालले छोपेको अवस्थामा एक युवकको शव फेला ,हत्या भएको आशंका

ad-4p
content left

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा परालले छोपेको अवस्थामा एक युवकको शव भेटिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय सुरज साह कानुको शव भेटिएको हो ।तारले खुट्टामा बाँधेको र टिसर्टले मुख छोपेको अवस्थामा सुरजको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।‘परालको भुसाले छोपेर राखेको अवस्थामा सुरजको शव भेटिएको छ । कर्तव्य गरी मारेर फालेको हुन सक्ने आशंका गरेका छौं’, उनले भने ।काटेको पराल अर्थात भुसाको थुप्रोबाट मृतकको खुट्टा बाहिर देखिएपछि बुधबार दिउँसो स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल जाँच मुचुल्का गरी शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।प्रहरी स्रोतका अनुसार प्रहरीले हत्याको घटनामा दुई जनाको संलग्नता हुन सक्ने आशंका गरिएको छ । उनीहरु मोबाइल स्वीच अफ गरी फरार छन् । शंकास्पद व्यक्तिहरु पक्राउ नपरेसम्म घटनाबारे थप विवरण पत्ता नलाग्ने बताउँदै प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।

 

content ad p2

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily