Aadarsh-Daily

 वीरगन्ज महानगरपालिकाले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई जागिरबाट हटायाे

ad-4p

वीरगन्ज ,०१ पुस : वीरगन्ज महानगरपालिकाले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई जागिरबाट हटाएकाे छ।

content ad p2

बिहीबार महानगरपालिकाले एक सुचना जारी गर्दै महानगरपालिकाकाे कार्यालय र यश अन्तरगतका वडा कार्यालयमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई आज पुस १ गते शुक्रबारदेखि सेवाबाट हटाइएकाे उल्लेख छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पाैडेलकाे हस्ताक्षर रहेकाे उक्त सुचनामा महानगरपालिका कार्यापालिकाकाे मंसिर २६ गतेकाे निर्णय अनुसार महानगरपालिकाकाे कार्यालय, यस मातहतका सबै कार्यालय, स्वास्थ्य केन्द्र , स्वास्थ्य चाैकीमा दैनिक ज्यालादारीमा कार्यरत वारुणयन्त्र शाखा र नगर प्रहरी बाहेक अरु सबै कर्मचारीलाई पुस १ गतेबाट लागू हुने गरि ज्यालादारी सेवाबाट हटाइएकाे व्यवहाेरा उल्लेख छ ।

content left

गत स्थानिय तहकाे निर्वाचनबाट निर्वाचित नयाँ जनप्रतिनिधिहरु आएपछि महानगरपालिकाले दैनिक ज्यालादारीमा ४५० जनाभन्दा बढि कर्मचारीलाई नियुक्त गरेकाे थियाे ।

महानगरले दैनिक ज्ययालादारीमा कति जना कर्शमचारी नियुक्त गरेकाे थियाे र अहिहले कति जनलाई जागिरबाट हटाएकाे हाे ?भन्बाने रेमा बुझ्न प्रमुख प्रशासकीय अधिकृत पाैडेल र प्रशासन महाशाखा प्रमुख राम कुमार कुशवालाई पटक पटक फाेन गरेर सम्पर्क गर्दा दुवै जनाकाे फाेन उठेन ।

सभार:- मधेसखबर

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily