Aadarsh-Daily

 वीरगञ्ज–रक्सौल नाका खुल्यो, आइतबार मात्र बन्द हुने

ad-4p

वीरगञ्ज, १ पुष । छिमेकी मुलुक भारतको विहार राज्यमा हुनलागेको नगरपरिषद् अर्थात स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै बन्द गरिएको वीरगञ्ज-रक्सौल नाका खुलेको छ ।

content ad p2

बिहिबार दिउँसोदेखि अचानक भारतीय पक्षले निर्वाचनका लागि भन्दै नाका बन्द गरेको थियो । पूर्व सूचना बगैर नाका बन्द हुँदा दुवै तर्फ यात्रु र सवारीसाधन अलपत्र परेका थिए । यद्दपी भारतीय पक्षले आज शुक्रबारदेखि नाला खोलिदिएको छ ।

content left

निर्वाचन हुनुभन्दा ७२ घण्टा अघि अन्तराष्ट्रिय सीमा नाका बन्द गर्नुपर्ने व्यवस्थालाई भारतको पूर्वी चम्पारण प्रशासकले खुकुलो बनाउदै नेपालसँगको सीमा एक दिनको लागि मात्र बन्द गर्ने निर्णय गरेको हो ।

भारतीय प्रशासनले बिहीबार दिउँसो १ बजेदेखि पुष ३ गते (डिसेम्बर १८ तारिक ) राति १२ बजेसम्म ७२ घण्टाका लागि नाका सिल गरेको भएपनि सीमा क्षेत्रका नागरिकलाई आवत जावतमा अफ्ठ्यारो परेको भन्दै निर्वाचनको दिन विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मत्र नाका बन्द गर्नेगरी आज बिहानदेखि नाका खोलिएको छ ।

मोतिहारी पूर्वी चम्पारण जिल्ला निर्वाचन पदाधिकारी तथा जिल्ला अधिकारी विश्वास भाजनले हिजो राती एक विज्ञप्ती जारी गर्दै नेपालसँगको नाका निर्वाचनको दिन अर्थात डिसेम्बर १८ तारेखको दिन मात्र नाका बन्द रहने जनाएका थिए । निर्वाचनलाई भयरहित रुपमा सम्पन्न गर्न अन्तराष्ट्रि सीमा नाका तीन दिन बन्द गर्ने अम्यास रहेता पनि दुर्वै देशका जनताको हितलाई ध्यानमा राखेर निर्वाचनको दिन मात्र बन्द गर्ने निर्णयमा पुगेको पूर्वी चम्पारण जिल्ला अधिकारी भाजनले जनाएका छन् ।

सभार:- मधेसखबर

 

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

हर्मुज तनावले तेल मूल्य उकालो, १०० डलर नाघ्दा विश्व बजारमा असर

Aadarsh Daily

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

Aadarsh Daily