Aadarsh-Daily

रेशम चौधरीको रिहाइ माग गर्दै नागरिक उन्मुक्ति पार्टी र थारु कल्याणकारी संघले संयुक्त खबरदारी कार्यक्रम सम्पन्न

ad-4p
content left

बारा, ०४ पौष
थारु कल्याणकारी संघ बाराको अध्यक्ष रामप्रसाद चौधरीको सभापतित्व तथा नागरिक उन्मुक्ति पार्टी बाराको जिल्ला अध्यक्ष रामचन्द्र चौधरीको प्रमुख आतिथ्यमा खबरदारी कार्यक्रम सम्पन्न भएको छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश प्रमाणीकरणको माग गर्दै नागरिक उन्मुक्ति पार्टी तथा थारु कल्याणकारी संघ बाराले बाराको सदरमुकाम कलैयामा जुलुस र्याली निकाली जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिइ भरत चौकमा कोण सभामा परिणत भएको थियो ।
विभिन्न समूहसँग सरकारले गरेको सहमति कार्यान्वयनका लागि सरकारले अध्यादेश ल्याएपनि प्रमाणीकरण नभएको भन्दै सो पार्टीले धर्ना दिएको हो । प्रदर्शनमा सहभागीहरुले लाल आयोग सार्वजनिक गर, न्याय देउ, रेशम चौधरीलाई बाहिर लेउ, जनताका लागि लडेको जेलमै सड्नु परेको, मानवताको अधिकार, हाम्रो पनि अधिकार लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
यसअघि सरकारले अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष पठाएपनि जारी हुन सकेको छैन । अध्यादेश प्रमाणीकरण गर्नुपर्ने भन्दै प्रदर्शन गरेका गरेका थिए ।
नागरिक उन्मुक्ति पार्टी बाराको जिल्ला अध्यक्ष रामचन्द्र चौधरीले लाल आयोगको ९१७ पानाको प्रतिवेदन सार्वजनिक गर, नेता अपहरण तथा निर्दोष जनतालाइ फसाउने पूर्व आजिपीहरुले राष्ट्रपतिको चापलुसी गर्ने प्रति खबरदारी जनाउदै । विशुद्ध राजनीतिलाइ केही ठुला दलका नेताहरु झालझेल गरी दुइ जिब्रे बोली राखी झुठा मुदामा रेशम चौधरी लाइ फसाइ राखेका छन् । भनी आफ्नो मन्तव्य राखेका थिए ।
साथै कार्यक्रममा नागरिकत उन्मुक्ति पार्टीको महिला नेतृ राधा चौधरी, थारु कल्याणकारी संघबाराको जिल्ला संयोजक रामप्रसाद चौधरी, थाकस का जीतपुर सिमरा संयोजक संजय चौधरी, थाकस का कोल्हवी संयोजक भुवन चौधरी, युवा नेता तथा समाजिक अभियान्ता बृजेश कुमार सिंह तथा स्वतन्त्र युवा नेता रामकिशोर यादवले समर्थन जनाउदै आफ्नो मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका नेता ओमप्रकाश साह कलवार, महिला नेतृ उर्मिला महतो लगायत सयौ संख्यामा कार्यकर्ताहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन थारु कल्याणकारी संघका सचिव कृष्णा चौधरीले गरेका थिए ।

content ad p2

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily