Aadarsh-Daily

निर्वाचनको रौनक सकिएसँगै पर्सामा तात्तियो भूमि आयोग

ad-4p

वीरगञ्ज, ४ पुष ।
निर्वाचन र विश्वकप फुटबलको रौनक सकिएसँगै राष्ट्रिय भूमि आयोग पर्सा पुनः तात्तिएको छ । निर्वाचन आचारसंहिताका कारण आफ्ना कामलाई निरन्तरता दिन नपाएको राष्ट्रिय भूमि आयोग पर्साले बाँकी स्थानीय तहका जनप्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।

content ad p2

यसअघि पनि अधिकांश स्थानीय तहमा भइसकेको छलफल, अन्तरक्रिया तथा प्रशिक्षण सोमवार धोबिनी गाउँपालिकामा पनि सम्पन्न भएको छ । आयोग पर्साका अध्यक्ष तबरेज अहमदले धोबिनी गाउँपालिकाका जनप्रतिनिसँग आयोगका गतिविधि र काम कर्तव्यका बारेमा छलफल भएको जानकारी दिए ।

content left

अहमदकै अध्यक्षतामा बसेको बैठकले भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन सम्बन्धमा छलफल गरेको छ । बैठकले गाउँपालिकामा आयोगको सेवा केन्द्र स्थापना भएपनि त्यसलाई विस्तार गरेर जिम्मेवार व्यक्ति र कम्प्युटर अपरेटर लगायतका आवश्यक कर्मचारीको व्यवस्थापन गर्ने जिम्मा पालिकालाई दिने निर्णय पनि गरेको छ ।

एक साताभित्र पालिकास्तरीय सहजीकरण समिति गठन गर्नुका साथै वडास्तरीय सहजीकरण समिति पनि गठन गरेर ७ दिनभित्र आयोगलाई जानकारी गराउन आग्रह गरिएको छ ।
पलिकाका प्रत्येक वडामा रहेका अव्यवस्थित बसोबासी, भूमिहिन दलित र सुकुमबासीहरुको तथ्यांक संकलन गर्न सूचना जारी भएपनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समयमा आचारसंहिता लागु भएकाले सेवामा अवरोध भएको हुँदा पुनः सूचना गरी फारम संकलन गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा धोबिनी गाउँपालिकाका अध्यक्ष मदन प्रसाद चौहान, उपाध्यक्ष मञ्जु देवी, भूमि आयोग पर्साका सदस्य सुरेन्द्र प्रसाद सिंह, धोबिनी गाउँपालिका वडा न. २ अध्यक्ष देवेन्द्र प्रसाद कुर्मी, ३ का अध्यक्ष राजकिशोर प्रसाद कुर्मी, ४ का अध्यक्ष अबास मियाँ चुरियार, वडा नम्बर ५ का अध्यक्ष मनोवर अहमद गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहमद नवाज हुसैन लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily