

पर्साको पोखरिया नगरपालिका आज विपद् पूर्व तयारी तथा प्रतिकार्य का लागि स्थानीय तह शिक्षा समुह गठन,परिचालन, समन्वय र अभिमुखीकरण सम्बन्धी पालिका स्तरीय अभिमुखी कारण कार्यक्रम शिक्षा बिकास निर्देशनालय मधेश प्रदेश को आयोजन तथा EU/UNICEF को आर्थिक सहयोग र NSET नेपालको सहजीकरणमा मा सम्पन कार्यक्रम मा स्थानीय तह शिक्षा समुह ११ सदसीय पोखरिया नगरपालिका मा गठन भएको छ सो समूह को अध्यक्ष मां पोखरिया नगरपालिका को नगर प्रमुख प्रद्युमन प्रसाद चौहान ।सदस्य मा उप मेयर रूबी कुमारी ठाकुर सचिव मां विजय कुमार झा ,वडा अध्यक्ष नौसद आलम , लगाएत का बायक्ति हरु रहेका छन ।यस शिक्षा समुहले शिक्षा सम्बन्धी विपद् र त्यस बाट आउन सक्ने जोखिमलाई न्यूनीकरण तथा जोखिम हुन नदिने किसिमका क्रियाकलाप पालिका तथा अन्य विभिन्न सहयोगी संस्था , दातृ निकायको समन्वयमा विद्यालय,समुदाय तथा समग्र शौक्षिक क्षेत्र लाई सहयोग पुग्ने गरी कार्य गर्ने छ । यस समुहको बैठक हरेक महिनाको पहिलो हप्ता गर्ने र आफ्नो नगर पालिका भित्र को शिक्षा सङ्ग जोडिएका विपद् तथा त्यस बाट वच्ने उपायको बारेमा विस्तृत छलफल गरी त्यसको समाधानको उपाय बारे आवश्यक परामर्श गरी अगाडि बढिने छ ।यस कार्यक्रम को सहजीकरण नगर पालिका को शिक्षा प्रमुख विजय झा र पालिका क्लस्टर कोर्डिनेटर मित्रदेब यादव गर्नु भएको छ ।-

