Aadarsh-Daily

नेपाल टी-२० लिगमा काठमाडौं विजयी

ad-4p

पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगमा काठमाडौं नाइट्सले विजयी शुरुवात गरेको छ।

content ad p2

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काठमाडौंले शनिबार पोखरा एभेन्जर्स २६ रनले पराजित गरेको हो।

काठमाडौंले दिएको १६३ रनको लक्ष्य पछ्याएको पोखराले १९ ओभरमा ७ विकेट गुमाएर रन मात्रै बनाउन सक्यो। पोखराको लागि उपल थरङ्गाले सर्वाधिक ४४ रनको योगदान दिए। अमिर हमाज र अभिमन्यु मिथुनले १८/१८ रन बनाए।
काठमाडौंका लागि अविनाश बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो। काठमाडौंका लागि अजमातुल्लाह उमरजाईले ८५ रनको अविजित पारी खेले। उनले ४२ बलमा ३ चौका र ७ छक्का प्रहार गरेका थिए। सुनाम गौतमले २८ बलमा २७ रन, एलेक्स ब्लेक्सले २१ रन, वीरनदीप सिंहले १० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा पवेलियन फर्किए।

पोखराका लागि प्रतिस जिसी र जाहिर खानले २/२ विकेट लिए। मौसम ढकालले १ विकेट हात पारे।

लुम्बिनी अल स्टार्स विजयी

content left

आजै कीर्तिपुर मैदानमै भएको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गरेको छ।

लुम्बिनीको जितमा लाहिरु मिलान्थाले सर्वाधिक ६० रनको योगदान गरे। उनले ८ चौका र १ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले ३५, गुलशान झाले २५ र विपुल शर्माले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

फार वेस्टर्नका लागि उमर अली र करण केसीले ३/३ विकेट लिए।

नेपाल टी-२० लिगमा काठमाडौं विजयी

 

बलिङतर्फ लुम्बिनीका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। उनले २ ओभर २ बलमा ६ रन मात्र खर्चिएर ३ विकेट लिए। सागर ढकालले २, पेट ब्रोन, किशोर महतो, गुलशान झा र विपुल शर्माले चारैजनाले १/१ विकेट लिए।

फार वेस्ट युनाइटेडले भने १६ ओभर २ बलमा मात्र ८५ रन बनाउन सक्यो। फार वेस्टर्नको तर्फबाट हसमतउल्लाह साहिदीले ३५ रन र विनोद भण्डारीले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता छ। प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख नगद पुरस्कार पाउनेछ। तेस्रो हुनेले १० लाख र चौथोले ५ लाख नगद पाउनेछन्।

 

 

 

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily