Aadarsh-Daily

प्रचण्डलाई बलिउड अभिनेता विवेक ओबरायले दिए बधाई

ad-4p

काठमाडौं । तेस्रोपटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बलिउड अभिनेता विवेक ओबरायले बधाई दिएका छन् ।

content ad p2
content left

हालैको आफ्नो नेपाल भ्रमणमा प्रचण्डसँगको भेटको तस्वीर सेयर गर्दै अभिनेता ओबरायले सुन्दर नेपालको प्रधानमन्त्री बनेको भन्दै सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका हुन् ।

ओबराय लेख्छन्, ‘बधाई छ कमरेड प्रचण्ड । तेस्रो पटक सुन्दर नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा । भर्खरै तपाईंसँगको भेटले सम्मानित महसुस गरायो । तपाईंले हामीलाई गर्नुभएको न्यानो माया र स्वागतले नेपालको विनम्रता र सांस्कृतिक करुणलाई झल्काउँछ ।’

नेपालको पर्यटन प्रवर्द्धन गर्न भन्दै १० दिने नेपाल भ्रमणमा आएको बेला प्रचण्डलाई भेट्न ओबराय मंसिर २९ गते खुमलटार पुगेका थिए । प्रचण्डलाई दिएको बधाई सन्देशमा ओबरायले प्रचण्डले आफूलाई नेपाली टोपी लगाइदिएको तस्वीर पनि सेयर गरेका छन् ।

 

 

 

सम्बन्धित खबर

जसपा नेपालका नेताहरूलाई एमाले प्रवेश गराउँदै पूर्वमन्त्री प्रदीप यादव को विस्फोटक टिप्पणी—‘कांग्रेस लास र दासको पार्टी बनिसक्यो, अब देश जोगाउने जिम्मा एमालेको काँधमा’

Aadarsh Daily

प्रदीप यादवको अभियानले विपक्षी चकित, वडाध्यक्ष रौनियार एमालेमा प्रवेश

Aadarsh Daily

उम्मेदवारी खारेजविरुद्ध रेशम चौधरीको रिटमा आज सर्वोच्चमा सुनुवाइ

Aadarsh Daily