
वीरगन्ज । श्री सिद्धार्थ माध्यमिक बिधालयले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ । बिधालयको सभा गृहमा सभ्य र भव्य रूपले सम्पन्न भएको विद्यालयका संचारकर्मी कृष्णा यादवले जनाएको छन । कार्यक्रमका अध्यक्ष बिधालय ब्यस्थापन समितीका बरिष्ट सदस्य शिवशंकर प्रसाद पटेलको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरपालिका शैछिक प्रशासन महा शाखा प्रमुख अरबिन्दलाल कर्ण

विशिष्ट अतिथि सशत्र प्रहरीका DSP मनोजचन्द्र ज्यू अतिथिमा बिधालयका सहायक-प्रधनाध्यापकदय प्रेमीशंकर रौनियार, रामअौधेस यादव ,ब्यवस्थापन समिती सदस्य श्रीमति कान्ति देबी, श्रीमति मधु राणा , देवलाल प्रसादको विशेष उपस्थितिमा पानस बालेर उद्दघाटन गरिएको हो । नेपाली आमा लाई सम्झिदै देशको राष्ट्रिय गीत बजाएर सो कार्यक्रमलाई अगाडि बढाइएको थियो । नृत्य संगीत,गीत, शायरी , नाटक जस्ता विशेष प्रस्तुतीको साथ स्वागत तथा सम्मान कार्यक्रम भब्य र सभ्य ढंगले उत्साहजनकको साथ मनोरञ्जन गर्दै समापन गरिएको हो । कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ मा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई खादा टीका लगाई भव्य रूपले उत्साहजनक का साथ स्वागत गरिएको हो।
आजको कार्यक्रम लाई सो बिधालयका कृष्णा यादवले सञ्चालन गर्नु भएको हो।

