Aadarsh-Daily

चिसो बढेपछि वीरगञ्जका विद्यालयमा शुक्रबारसम्मका लागि विदा

 

ad-4p

वीरगञ्ज, १८ पुष । वीरगञ्ज महानगरपालिकाले पनि नगरभरिका विद्यालयमा विदा दिएको छ ।

content ad p2

चिसो र हुस्सुका कारण अचानक शितलहर बढेपछि वीरगञ्ज महानगरपालिकाले पनि भोलीदेखि शुक्रबारसम्मका लागि विद्यालयमा विदा दिएको हो ।

content left

महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख एवम् निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले सोमबार साँझ एउटा सूचना जारी गर्दै नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक र संस्थागत (निजी) विद्यालयमा भोलीदेखि शुक्रबारसम्मका लागि विदा दिइएको जनाएका छन्

कर्णले जारी गरेको सूचनामा मौसम प्रतिकुलताका कारणबाट बालबालिकाहरुलाई नियमित विद्यालयमा पठनपाठन गर्न असहज हुँदै गएकोले मिति २०७९ पुष १९ गते मंगलबारदेखि २०७९ पुष २२ गते शुक्रबारसम्मका लागि हिउँदे विदाबाट कट्टा हुनेगरी विद्यालयमा पठनपाठन मात्र स्थगित गरिएको उल्लेख छ ।

यद्दपी पुनश्य: मौसम अनुकूल भए पश्चात पठनपाठन पुन: सूचारु हुने पनि सूचनामा उल्लेख छ ।

यसअघि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले पनि शुक्रबारसम्मका लागि सम्पूर्ण विद्यालय बन्द गरेको छ ।

सम्बन्धित खबर

२९ दिनमै एसईई नतिजा सार्वजनिक, ६५.९८% विद्यार्थी ग्रेडेड

Aadarsh Daily

सखुवाप्रसौनीमा शैक्षिक सुधार अभियान तीव्र, २५ शिक्षक सरुवा र दरबन्दी मिलान

Aadarsh Daily

उपभोक्ता समिति गठनमा गडबडी, पर्यटन कार्यालयले सबै चिठी रद्द गर्‍यो

Aadarsh Daily