Aadarsh-Daily

त्रिभुवन विमानस्थलमा भिजिबिलिटी कम भएपछि अन्तर्राष्ट्रिय उडानका जहाज समेत डाइभर्ट

ad-4p

त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम हुँदा जहाजहरूलाई अवतरणमा समस्या भएको छ।

content ad p2

शुक्रबार बिहान भिजिविलिटी कम भएकाले विभिन्न ठाउँबाट आएका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजहरू डाइभर्ट भएका छन् भने केही आकाशमै होल्ड गरिएका छन्।

नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज खराब मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि झापाको भद्रपुर पुगेको छ।

चार जना चालक दलका सदस्य र ५२ यात्रु बोकेको जहाज शुक्रबार बिहान नेपालगञ्ज विमानस्थलबाट साढे ७ बजे उडेको थियो।

काठमाडौं विमानस्थलमा अवतरण गर्न भिजिबिलिटी नपुगेपछि जहाज भद्रपुर गएको श्री एयरलाइन्सले जनाएको छ।

content left

‘काठमाडौं र आसपासका अन्य विमानस्थलहरू भरतपुर, सिमरा र विराटनगर पनि भिजिबिलिटी नभएपछि जहाज भद्रपुर गएको हो,’ श्री एयरलाइन्स स्रोतले भन्यो।

उता मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल वायु सेवा निगमको जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि पश्चिम बंगालको कलकत्तामा पुगेको छ।

आरएनए ४१६ जहाज कलकत्ता पुगेको हो।

विमानस्थलका एकजना एटिसीका अनुसार अहिले विमानस्थलको भिजिविलिटी १६ सय मिटर छ।

विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार कलकत्ता डाइभर्ट भएको जहाज अवतरण हुन भिजिविलिटी २२ सय मिटर हुनुपर्छ।

उनका अनुसार भिजिविलिटी बढ्दै गएकाले आन्तरिकतर्फका उडान अब केहीबेरमा अवतरण हुने क्रममा छन्।

 

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily