Aadarsh-Daily

सीमा बजारमा भारु भयो कमजोर : १५७ रुपैयाँमा किनबेच

ad-4p

नेपाल राष्ट्र बैंकले भारतीय सय रुपैयाँबराबरको नेपाली एक सय ६० रुपैयाँ खरिद–बिक्री दर तोकेको छ । तर, पछिल्लो तीन सातादेखि भारतीय सीमानाका भैरहवा बजारमा एक सय ५७ रुपैयाँमा पनि भारतीय मुद्रा बिक्री हुन नसकेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले बताए ।

content ad p2
content left

पछिल्लो केही समयदेखि बजारमा भारतीय मुद्रा प्रशस्त भेटिन थालेको उनको भनाइ छ । रुपन्देहीमा ४० भन्दा बढी मनी चेन्जरहरू छन् । मनी चेन्जरहरूमा पनि नेपालीभन्दा भारतीय मुद्रा बढी हुँदा भारतीय मुद्राभन्दा नेपाली नोट बलियो बनेको लुम्बिनी मनी चेन्जर व्यवसायी समितिका अध्यक्ष ऋषिराम पाण्डेले बताए ।

भारतीय मुद्रा खरिद गर्नेभन्दा बिक्री गर्ने बढी रहेको उनले बताए । भैरहवामा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको तथा क्यासिनोमा आउनेहरूको संख्या पनि बढेकाले भारतीय मुद्रा बजारमा बढी देखिएको हुन सक्ने उनको अनुमान छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूमा पुस महिनाको किस्ता बुझाउन उद्योगी–व्यवसायीले भारतीय मुद्रा ल्याएका कारण पनि भारतीय नोट धेरै भेटिएको हुन सक्ने उनले बताए । ‘भारतीय व्यवसायीसँग काम गरेका नेपाली व्यवसायीले पुसको किस्ता बुझाउन करोडौँ सापटी ल्याएका छन्,’ उनले भने ।

बैंकमा किस्ता बुझाउन नेपाली पैसा नै चाहिने भएकाले नोक्सान सहेर एक सय ५७ सम्ममा पनि कारोबार गर्न बाध्य भएको एक व्यवसायीले बताए । उनले भने, ‘बैंकमा करोडाैँ ब्याज बुझाउनुपर्छ, साथीसँग सापटी माग्दा भारतीय पैसा ल्याइदिन्छन्, नेपाली साट्न खोज्दा एक सय ५७ मा पनि बिक्री हुन कठिन छ, तर बैंकमा बुझाउन बाध्यता छ । त्यसैले नोक्सान सहेर भए पनि काम गरेका छौँ ।’

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily