Aadarsh-Daily

बहुदरामाई मन्दिर नजिकको एैलानी जग्गामा मधेश विश्वविद्यालय बन्ने

ad-4p

मधेश विश्वविद्यालयको लागि पर्साको बहुदरमाई नगरपालिकास्थित सरकारी जग्गा उपलब्ध गराउने सरोकारवालाको बैठकले निर्णय गरेको छ ।

content ad p2

content left

शनिवार बसेको बैठकले बहुदरामाई नगरपालिका वडा नम्बर ३ बैरियाविर्तास्थित बहुदरामाई मन्दिरको वरीपरी रहेको एैलानी जग्गा मधेश विश्वविद्यालयको लागि उपलब्ध गराउने निर्णय गरेको मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्यले जानकारी दिए ।

विश्वविद्यालय निर्माणका लागि पहिलो चरणमा गरिएको जग्गा खोज्ने काम अब सकिएसँगै अन्य चरणका कामहरु भइरहेको शाक्यको भनाई छ । साथै उनले जग्गा उपलब्ध गराएकोमा त्याहाँका स्थानीयप्रति पनि आभार व्यक्त गरेका छन् ।
मधेश विश्वविद्यालयको स्थापनाले त्यस क्षेत्रको कायापलट हुने विश्वासका साथ उनले यसले नै विकास र समृद्धीको ढोका खोलेको दावी गरेका छन् ।

बैठकमा पर्सा क्षेत्र नम्बर २ (क) का प्रदेश सभा सदस्य श्याम पटेल, नेकपा एमालेका नेता शिव पटेल, जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिव तबरेज अहमद लगायतको उपस्थिती रहेको थियो ।

 

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily