Aadarsh-Daily

उखुको मूल्यप्रति किसान असन्तुष्ट, पुर्नविचार गर्नुपर्ने समाजवादी किसान महासंघको माग

ad-4p
content left

वीरगञ्ज, ८ माघ ।
कृषकले उत्पादन गरेको धान बिचौलीया तथा व्यापारीकहाँ नगई सरकारले नै उचि मूल्यमा खरिद गर्नुपर्ने समाजवादी किसान महासंघ नेपालले माग गरेको छ ।
आइतवार वीरगञ्जमा सम्पन्न जनता समाजवादी पार्टी (जसपा) को भातृ संगठन समाजवादी किसान महासंघ नेपालको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले उक्त माग गरेको हो । सरकारले धानको समर्थन मूल्य तोकेपनि किसानहरुले समयमै मूल्य अनुसारको बिक्री गर्न नपाउने जस्ता विभिन्न जटिलताहरुलाई मध्यनजर गर्दै महासंघले सरकारले नै खरिद गर्नुपर्ने माग गरेको हो ।
सरकारमार्फत नै किसानले धान बिक्रि गर्न पाए ठगीने, कम मूल्यमा बेच्नुपर्ने, बजार नपाउने जस्ता समस्याहरुको अन्त्य हुने विश्वास महासंघको छ ।
त्यसैगरी सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्यमा पनि किसानहरुले असन्तुष्टी जनाइरहेको हुँदा पुनःविचार गर्नुपर्ने महासंघको माग छ । सरकारले तोकेको उखुको मूल्यले कृषकको लागत खर्च पनि नउठ्ने हुँदा पुनः विचार गरी कृषकको माग सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता पनि बैठकमा सहभागीहरुले गरेका छन् ।
बैठकमा कृषि ऋण पाउन पनि असहज हुने प्रक्रियाका सम्बन्धमा पनि छलफल भएको महासंघका उपमहासचिव तबरेज अहमदले जानकारी दिए । कृषकलाई सहज र सरल ढंगले कृषि ऋण उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गर्ने निर्णय भएको सचिव अहमदको भनाई छ ।
बैठकले महासंघलाई विस्तार गर्नुका साथै क्रियाशिल बनाउने बारे पनि निर्णय गरेको छ । समाजवादी किसान महासंघको संरचनालाई क्रियाशिल बनाउँदै फागुन ३० गतेसम्म ७ वटै प्रदेशमा प्रदेश समिति गठन र पुर्नगठन गर्ने निर्णय गरेको महासंघका महासचिव ओमकृष्ण विष्टद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सोही बैठकले महासंघको केन्द्रीय सदस्यमा ४ जना सदस्य पनि मनोनयन गरेको छ । मधेश प्रदेशबाट महाराज यादव, कर्णाली प्रदेशबाट प्रबजन उपाध्याय र लता चौलागाई र लुम्बिनी प्रदेशबाट प्रबजन शाहीलाई मनोनयन गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

content ad p2

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily