Aadarsh-Daily

दुई–तिहाई बहुमतसहित एनडीए सत्तामा, विपक्ष ३४ सिटमा सिमित

ad-4p

भारतको बिहार विधानसभाका लागि भएको चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ। कुल २४३ सिटका लागि भएको मतदानको मतगणना गएराति सम्पन्न हुँदा सत्तारूढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) दुई–तिहाई बहुमतसहित विजयी भएको छ।

content ad p2

निर्वाचन आयोगका अनुसार एनडीएले २०२ सिट जित्दै सशक्त सरकार बनाउने आधार पकडेको छ। यसमध्ये भारतीय जनता पार्टी (भाजपा) ८९ सिटसहित पहिलो दल बनेको छ भने जनता दल युनाइटेड (जेडीयू) ८५ सिटमा विजयी भएको छ।

content left

कांग्रेस नेतृत्वको महागठबन्धन तथा राष्ट्रिय जनता दल (आरजेडी) भने ३४ सिटमा सिमित भएका छन्। अन्य दलले ७ सिट जितेका छन्।

दुई चरणमा—नोभेम्बर ६ र ११ मा सम्पन्न मतदानमा यस पटक कीर्तिमानी ६७.३ प्रतिशत मत खसेको थियो। यो १९५१ यताकै उच्च मतदान हो।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारको जनमतलाई ‘सुशासन, विकास र जन–कल्याण’ को विजयको रूपमा व्याख्या गरेका छन्। उनले एनडीएलाई प्राप्त प्रचण्ड जनादेशले आगामी दिनमा बिहारी जनताको सेवा र विकासका नयाँ संकल्पलाई बल दिने बताएका छन्।

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily