Aadarsh-Daily

मिथिला बिहारी–९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली प्रहारबाट मृत्यु

ad-4p

धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको शुक्रवार साँझ गोली हानी हत्या गरिएको छ। स्थानीय अन्दुपट्टीमा भएको मृत्यु संस्कारका क्रममा दुई पक्षबीच विवाद उत्पन्न भएपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।

content ad p2

नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादवका अनुसार वडाध्यक्ष यादव एक समूहबीच केही समयअघि भएको विवाद मिलाउन सक्रिय भएका थिए। सोही रिसिइबीका कारण गाउँकै युवाहरूको समूहले उनैमाथि लक्षित रूपमा गोली प्रहार गरेको मेयर यादवले बताए।

content left

प्रत्यक्षदर्शीका अनुसार मृत्यु संस्कारमा विवाद चर्किएपछि वडाध्यक्ष यादवले समाधानका लागि अघि सरेका थिए। त्यही बीचमा गोली चल्दा गम्भीर घाइते भएका उनलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

धनुषा प्रहरीका प्रवक्ता डिएसपी गणेश बमका अनुसार झडपमा वडाध्यक्षसहित ७ जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर छ। घटनामा संलग्न भएको आशङ्कामा स्थानीय शम्भु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शम्भु बिदामा घर आएका प्रहरी कर्मचारी भएको प्रारम्भिक जानकारी आएको भए पनि आधिकारिक पुष्टि भइसकेको छैन।

स्थानीयको भनाइअनुसार घटनामा ३–४ जनाको संलग्नता हुनसक्छ। प्रहरीले विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।

स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित वडाध्यक्ष यादवको हिंसात्मक घटनामा हत्या भएपछि स्थानीय क्षेत्रमा तनाव र त्रासको वातावरण छाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily