Aadarsh-Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

ad-4p
content left
वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा जनसमर्थन दिनप्रतिदिन मजबुत बन्दै गएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा पाण्डेले सञ्चालन गरिरहेको घरदैलो अभियानले तीव्रता पाएको छ भने स्थानीय जनताको उत्साहजनक सहभागिताले क्षेत्रको राजनीतिक माहोल परिवर्तनको दिशामा अघि बढेको देखिन्छ। घरदैलो अभियानका क्रममा पाण्डेले मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको वर्तमान अवस्था, समस्या र सम्भावनाबारे आफ्ना धारणा राख्दै आएका छन। विशेषगरी युवा पुस्ताले परिवर्तन, रोजगारी, उद्यमशीलता र आधुनिक पूर्वाधारको एजेन्डामा उनको स्पष्ट भिजनलाई समर्थन जनाएका छन। त्यस्तै, बृद्ध तथा अभिभावक वर्गले इमानदार नेतृत्व, स्थायित्व र विकासको भरोसाका साथ पाण्डेलाई आशिर्वाद दिँदै आएको स्थानीयहरू बताउँछन। पाण्डेले पर्सा–३ लाई कृषि, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउने, युवालाई विदेश पलायन हुनबाट रोक्दै स्थानीय रोजगारी सिर्जना गर्ने, र वीरगञ्ज–केन्द्रित विकासलाई गाउँ–टोलसम्म विस्तार गर्ने भिजन अघि सारेका छन। उनले स्वच्छ राजनीति, पारदर्शी कामकाज र जनउत्तरदायी प्रतिनिधित्वलाई आफ्नो प्रमुख प्रतिबद्धता बनाएका छन। अहिलेको अवस्थामा हेर्दा एमालेप्रति बढ्दो जनविश्वास र पाण्डेको सक्रियता तथा युवामैत्री सोचका कारण पर्सा–३ मा एमालेको स्थिति बलियो बन्दै गएको छ। “यो चुनाव सामान्य प्रतिस्पर्धा मात्र नभई नयाँ सोच र ऊर्जावान नेतृत्वको छनोट हो आमजनताले बताउँछन । जनलहर, संगठित पार्टी संरचना र स्पष्ट विकास भिजनका साथ अगाडि बढिरहेका रूपेश कुमार पाण्डेको उम्मेदवारीले पर्सा–३ मा एमालेको बलियो जित सुनिश्चिततर्फ अग्रसर भएको संकेत देखिएको छ।

content ad p2

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily